Prakash Adhikari July 26, 2021

काठमाडौं, ११ साउन । साताको दोस्रो कारोबार दिन सोमबार नेपालको सेयर बजारमा सामान्य सुधार आएको छ ।

अघिल्लो दिन हालसम्मको उचाई हासिल गरेको धितोपत्रबजार परिसूचक नेप्से सूचक ८.२४ अंकले घटेर ३०५०.४२ विन्दुमा अडिएको छ ।

सोमबार २ सय २३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार भन्दाबढी सेयर खरिदबिक्रीबाट १४ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सोमबार नेप्सेमा रहेका १३ मध्ये ८ उपसमूहको सूचक उकालो लागेको छ । जलविद्युत कम्पनी र फाइनान्स समूहमा बढी तेजी आएको छ । सात कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकममा ङादी पावर अग्रस्थानमा आएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र एनआइसी एसिया बैंक परेका छन् ।

Share Now

Leave a comment.