Prakash Adhikari July 27, 2021

काठमाडौं, १२ साउन । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई  नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो ।

अमेरिकाको यूनिभर्सिटी अफ क्लालिफोर्नियाबाट  विद्यावारिधी उपाधि  हासिल गर्नुभएका युवा अर्थशास्त्री पौडेल स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष रहदा आयोगको आर्थिक सल्लाहकार हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसको समाजवादी नीतिमा गहिरो अध्ययन गर्नुभएका पौडेलसंग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि छ।

उहाँ  काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसियट प्रोफेसर’ हुनुहुन्छ ।

डा. पौडेलले कोरोनाको महामारीका कारण देशको आर्थिक र सामाजि विकासका साथै पूर्वाधार निर्माणका क्षेत्रमा विवेकपूर्ण तवरले योजनाहरु चयन गरी सम्पन्न गराउनु पर्ने बताउनुभएको छ ।

उहाँले आफ्नो पहिलो कार्य कोरोना महामारीले थिलोथिलो परेको देशको अर्थतन्त्रलाई उकास्ने गरी अल्पकालीन र दीर्घकालीन योजना निर्माण गर्नु रहेको बताउनुभएको छ ।

उहाँले चुनौतीको  समयमा प्रधानमन्त्री र गठबन्धनका नेताहरुले गर्नुभएको आशा र विश्वासलाई  निरासामा परिणत हुन नदिने बचनबद्धता दोहोर्याउनुभएको छ ।

उहाँले अर्थतन्त्रलाई चलायमान गराइने बताउदै युवालाई  जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताउनुभएको छ ।

Share Now

Leave a comment.