काठमाडौं, १२ साउन ।प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच आज टेलिफोन संवाद भएको छ ।
टेलिफोन वार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
It was my pleasure to talk to @SecBlinken and exchange views on our multifaceted bilateral relations. We renewed the shared commitment to taking forward the cooperative partership in the interest of our two countries and peoples.
— Sher Bahadur Deuba (@SherBDeuba) July 27, 2021
उहाँहरूबीच द्विपक्षीय विकास साझेदारी, जलवायु परिवर्तन र आपसी चासोका विषयमा कुराकानी भएको हो । त्यस्तै, कोभिड–१९ विरुद्धको लडाइँमा सहयोगसम्बन्धमा समेत उहाँहरूबीच छलफल भएको थियो ।
अमेरिकाले यसअघि नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।
I had the pleasure to speak with Nepali Prime Minister Deuba today. We discussed the advancement of the U.S.-Nepal partnership including cooperation on our shared fight against COVID-19 and the effects of climate change.
— Secretary Antony Blinken (@SecBlinken) July 27, 2021


















