Prakash Adhikari July 28, 2021

काठमाडौं, १३ साउन । नयाँ सरकार बनेपछि पनि धितोपत्र बजारमा लगानीकर्ताहरुको विश्वास बढ्दै गएको छ ।

बुधबार नेप्से सूचक १५.३० अंकले बढेर ३०९४.९५ विन्दुमा पुगेको छ ।

मंगलबार १५ अर्ब माथिको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम १३ अर्बमा झरेको छ। यस दिन २ सय १९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता शेयरको किनबेचबाट १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँको कारोबार भएको छ।

बुधबार होटल र बीमा कम्पनीहरुमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। होटल उपसमूहको सूचक सबैभन्दा धेरै ७.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको ३.०८ र बीमा उपसमूहको पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको सूचक बढेको देखिएको छ भने बाँकी ४ उपसमूहको सूचक घटेको देखिएको छ।

बुधबार नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सोल्टी होटलको ८.०६ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०५ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सको ७.०५ प्रतिशतले बढेको छ।

यस दिन पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.०७ प्रतिशतले घटेको छ भने सिंगटी हाइड्रोको ४.९८ प्रतिशत, ग्रीन लाइफ हाइड्रोपावरको ४.१८ प्रतिशत, पाँचथर पावर कम्पनीको ४.१५ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ३.९५ प्रतिशत र हिमालयन उर्जाको ३.८२ प्रतिशतले घटेको छ।

कारोबारको हिसाबले बुधबार युनाइटेड मोदी हाइड्रोपावरको सबैभन्दा धेरै ३८ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेश्नल हाइड्रोपावरको ३६ करोड ५३ लाख, अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ६१ लाख रुपैयाँ र सानिमा माई हाइड्रोपावरको ३१ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

 

Share Now

Leave a comment.