Prakash Adhikari July 29, 2021

 

अलास्का(संयुक्त राज्य अमेरिका), १४ साउन (रासस/एएनआई)  । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो २।१५ बजे सो भूकम्प गएकोे बताइएको छ  । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

 

भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

Share Now

Leave a comment.