Prakash Adhikari August 1, 2021

काठमाडौं, १७ साउन । शेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आर्कषित भएका छन् । साताको पहिलो दिन आइतबार अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

जलविद्युत् उपसमूहको शेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ । व्यापार ७०ं६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको शेयर ३४.७८ बिन्दुले उकालो लागेको छ । यस्तै, लगानी उपसमूह १.८३ बिन्दुले उकालो लाग्दा बैंकिङ ५.६३, होटल तथा पर्यटन ९१.४७, वित्त ३१.७२, निर्जीवन बीमा १७१.५७, अन्य ३१.५८, जीवन बीमा २०९.३ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ  ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सिनर्जी हाइड्रोपावर, कालिका पावर घलेम्दी हाइड्रोपावर, यूनिभसर्सल पावर,ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै ङादी ग्रुप अफ पावर ९.८३, सिइडिबी हाइड्रोपावर ९.६३, रैराङ हाइड्रोपावर ९.४५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ८.८४ प्रतिशतले कमाए ।

यस्तै, लक्ष्मी इक्विटी फण्ड ६.९८, चन्द्रागिरी हिल्स ३.८६, कुमारी इक्विटी फण्ड ३.५५, नारायणी डेभलपमेण्ट बैंक ३.१५ र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३.१४ प्रतिशतले गुमाए ।

साताको पहिलो दिन नेप्सेमा भने झिनो सुधार मात्रै देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२५ बिन्दुले बढेर तीन हजार ८१.०५ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ बिन्दुले बढेर ५ सय ७२.१५ मा पुगेको छ । कूल २ सय २६ कम्पनीको तीन करोड ३ लाख ४२ हजार ३ सय ५२ कित्ता शेयर रु १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८ सय ६२ मूल्यमाा खरिद बिक्री भए । आजको कारोबार पछि बजार पूँजीकरण रु ४२ खर्ब ८५ अर्ब ८४ करोड ४५ लाख ७३ हजार ८ सय ७२ बराबर पुगेको छ ।

कारोबारका आधारमा आज नेशनल हाइड्रो पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड छ लाख ५३ हजार ७५१ बराबरको कारोबार भयो । यस्तै, युनाइटेड मोदी रु ३५ करोड ३९ हजार ८ सय ३४, सिनर्जी पावर रु ३२ करोड १२ लाख ५ हजार ७ सय ७५, ङादी ग्रुप अफ पावर रु ३० करोड ४६ लाख ९९ हजार ८ सय ७३ र युनिभर्सल पावरको रु २९ करोड ३९ लाख ८९ हजार ४ सय १८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

Share Now

Leave a comment.