Prakash Adhikari August 2, 2021

काठमाडौं, १८ साउन । नेपालमा गएको २४ घन्टामा ३  हजार १ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार ८ सय ११ जनामा परीक्षण गर्दा ३ हजार १ सय २५ जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गत २४ घण्टामा १ हजार ९ सय २५ जना यो सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६  लाख ५८ हजार १ सय २२ जना यो सङ्क्रमणबाट मुक्त भएका र निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट २३ जनाको निधन भएको छ ।

आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ९ हजार ८ सय ९८ जनाको ज्यान गएको छ ।

हाल सघन उपचार कक्ष (आइसियु) मा ६  सय  ९० जना र भेन्टिलेटरमा १ सय ७५ जना उपचार गराइरहेका पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

Share Now

Leave a comment.