काठमाडौं, २० साउन । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण भएको छ ।
नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो ।
खनालको दुवै मिर्गौलामा समस्या देखिएपछि उहाँलाई उपचारार्थ दिल्ली लगिएको थियो ।
उहाँ गत असार २ गते दिल्लीको अपोलो अस्पतालमा भर्ना हुनुभएको थियो ।
उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभए अनुसार अस्पतालका डा. अखिल मिश्रको नेतृत्वमा खनालको उपचार भइरहेको छ।
पूर्वप्रधानमन्त्री खनाल केही दिन दिल्लीमै आराम गरेर स्वदेश फर्किनुहुने भएको छ ।


















