काठमाडौं, २४ साउन । नेपालको शेयर बजारमा आज झिनो अंकले बढोत्तरी भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.६६ बिन्दुले बढेर ३१०८.१२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ ले वृद्धि भई ५७८.०९ मा पुगेको छ ।
कूल २ सय २७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर रु १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ मूल्यमा खरिद बिक्री भए ।
साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८ सय ८७ बराबर पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ उपसमूहको शेयर उकालो लागेको छ भने ७ उपसमूहको शेयर ओरालो लागेको छ ।
साताको पहिलो दिन बैंकिङ ०.०८, विकास बैंक ६६.३७, जलविद्युत् ११५.०५, वित्त २१.८९, उत्पादन २.८४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ ।
आज व्यापार ४०.३८, होटल तथा पर्यटन ३९.९१, निर्जीवन बीमा २०२.७९, अन्य २०.५३, लघुवित्त ७४.०९, जीवन बीमा १०१.५४ र लगानी ०.०४ बिन्दुले घटेको छ ।
कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८१ करोड ९२ लाख २४ हजार ५ सय ६० बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु ६० करोड ७१ लाख ६ हजार ४ सय ९३, युनिभर्सल पावर रु ५४ करोड ८१ लाख २ हजार ५ सय ६७, ङादी ग्रुप अफ पावर रु ४९ करोड ४७ लाख ८ हजार १ सय ४४ र बुटवल पावर कम्पनी रु ३८ करोड ४९ लाख ८९ हजार ५६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
आजको कारोबारमा कर्पोरेट डेभलपमेण्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
यस्तै, एनआइसि एशिया ऋणपत्र ७.३७, गुराँस लघुवित्त ४.०८, जनउत्थान सामुदायिक लघुवित्त ३.७७, सबैको लघुवित्त ३.३५ र महिला लघुवित्तका लगानीकर्ताले ३.१८ प्रतिशतले गुमाए ।


















