प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष ओलीद्धारा आफूलाई विस्थापित गर्ने प्रधानमन्त्री देउवालाई तीन प्रश्न
काठमाडौं, २६ साउन । सर्वोच्च अदालतद्वारा पुनः स्थापित प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको साझा नीति तथा कार्यक्रमको आलोचना गरेका छन्।
सरकारले जारी गरेको उक्त दस्ताबेज संसद् छलेर सार्वजनिक भएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।
त्यसबाहेक उहाँले आफ्नो सम्बोधनका क्रममा सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा अस्पष्ट कार्यक्रमहरूको फेहरिस्त सुनाएको र तीमध्ये केही आफूले नेतृत्व गरेको सरकारले नै गरेको दाबी गर्नुभयो।
सम्बोधनका क्रममा उनले एमसीसी सम्झौतादेखि भ्रष्टाचार निवारणसम्मका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारलाई सुझाव दिन भ्याउनुभयो।
आफ्नो मन्तव्यका क्रममा ओलीले शान्ति, सुशासन र विकासको बाटो समातिसकेको देश ‘लोकतान्त्रिक संस्कृति नभएर गठबन्धनको संस्कृतितिर” जान थालेको बताउँदै त्यसले विकासको अभियानलाई हाँक्न नसक्ने बताउनुभयो।
‘विकासको अभियानलाई हाँक्न त एउटा चिन्तनका साथ, एउटा दृष्टिकोणका साथ, एउटा गन्तव्य तोकेर उद्देश्य तर्फ हिँडेको स्वस्पष्ट मार्गचित्र भएको र त्यसैअनुसार ती नीति र ती गन्तव्यहरूलाई पुष्टि गर्ने खालको काममा सँगै बिनाछलकपट, बिनास्वार्थ ती राष्ट्रिय उद्देश्यमा केन्द्रित सरकार चाहिन्छ’, उहाँले भन्नुभयो।

देउवा
सरकारको एक महिनाको समय खेर गइसके पनि चारजना मात्रै मन्त्री बनाउन सफल भएको भन्दै उहाँले कटाक्ष पनि गर्नुभयो ।
“भोटोको फेरो समातेर आँगनमा नाच्दानाच्दै जाने भो तपाईँहरूको समय। माया लाग्छ”, देउवातर्फ हेर्दै पूर्व प्रधानमन्त्री ओलीले भन्नुभयो।
सरकारले काम गरेर आफ्ना भनाइलाई असत्य सावित गरिदिन समेत संसद्मा उहााँले चुनौती दिनुभयो।
एमसीसी बिर्सनुभयो ?
संसद्मा आफ्नो सम्बोधनका क्रममा ओलीले नेपाल सरकार र अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीचको सम्झौता बिर्सिएको हो कि भनेर प्रश्न समेत गर्नुभयो ।
‘अहिलेको गठबन्धन सरकारमा हुँदा एमसीसी गर्नुभएको थियो जस्तो लाग्छ। एमसीसीबारे त संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम ‘ एमसीसी बिर्सनुभएको कि क्या हो ?’
एमसीसीमा सरकारले के गर्न चाहन्छ भन्ने कुरा नेपाली जनताले जान्न चाहेको ओलीले बताउनुभयो।

देउवा :सरकारले हालैमात्र साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो
‘तपाईँ त बहुत मजबुत प्रधानमन्त्री हुनुहुन्छ। १६५ सीट तपाईँको साथमा छ। कसैको मद्दत चाहिँदैन। त्यो १६५ को सबल जत्थाले के भन्छ ? ‘ ओलीले व्याङ्ग्यात्मक प्रश्न गर्नुभयो,’त्यही भएर म भन्छु जस्केलाबाट छिर्ने बानी नगरौँ।’
त्यसबाहेक भारतसँग वार्ता गरेर लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका नेपालको क्षेत्र फिर्ता ल्याउँछु भन्नुको सट्टा त्यसलाई साझा न्यूनतम कार्यक्रममा समस्याका रूपमा सूचीकृत गरिएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे।
‘के लिम्पियाधुरा, लिपुलेक, कालापानी समस्या हो? हाम्रो अभिन्न भूभाग, हाम्रो पवित्र भूभाग समस्या हुन्छ ?’, उहाँले भन्नुभयो,’यो समस्या हो भने त तपाईँले छोडिदियो भने समस्या समाधान होला नि। स्पष्ट रूपमा हाम्रो भूमि हामी फिर्ता लिन्छौँ भन्नुपर्छ कि यो समस्या हो समाधान गर्छौँ भन्नुपर्छ ‘
निःशुल्क खोप यो सरकारले उपलब्ध गराउन लागेको हो ?
सरकारले चैत मसान्तसम्ममा सबैलाई निःशुल्क खोप उपलब्ध गराउन लागेको भनेर आफ्नो कार्यक्रम उल्लेख गरेको बताउँदै उहाँले त्यसबारे पनि टिप्पणी गर्र्नुभयो।
‘निःशुल्क खोपको व्यवस्था गर्न लागेको हो, अहिले?’, हाँस्दै उहाँले भन्नुभयो, ‘यो त पोहोरकै कुरा होइन ?’

संसद
निःशुल्क खोप कार्यक्रम निरन्तरता दिने भनिनुपर्ने उहाँको भनाइ थियो।
आफ्नो सरकारले व्यवस्था गरिदिएको खोप लगाइदिन चैतसम्म कुर्नु नपर्ने उहाँले तर्क गर्नुभएको थियो।
चैतसम्म भनेर फागुनमा हुने भनिएको निर्वाचन गर्न नखोजेको हो भनेर ओलीले देउवालाई प्रश्न गर्नुभयो।
“कोभिड छ भनेर फागुनको निर्वाचन नगर्न खोजेको होरु कोभिड छ भनेर, खोप चालु छ भनेररु असंवैधानिक काम नहोला । म पहिले नै सजग गराउन चाहन्छु।”(बीबीसीबाट)


















