Prakash Adhikari August 12, 2021

काठमाडौं, २८ साउन । कोरोना भाइरसको संक्रमणको त्रासले देशमा लगाइएको बन्दाबन्दी र निषेधाज्ञाको कारण सुस्ताएको बैंकिडं क्षेत्रमा निषेधाज्ञा खुकुलो भएसंगै शाखा विस्तार र जनशक्ति थपको क्रम शुरु भएको छ ।

यसै क्रममा व्यवसाय विस्तारमा आक्रामक रहदै आएको एनआइसी एशिया बैंकले रोजगारीको अवसर खुलाएको छ । बैंकले सार्वजनिक सुचनामार्फत् सातै प्रदेशका लागि रोजगारी दरखास्त आह्वान गरेको हो।

सातै प्रदेशका शाखा कार्यालयका लागि विभिन्न ५ वटा पदमा बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । जसमा ब्राञ्च म्यानेजर, सुपरभाइजर, सिनियर÷जुनियर अफिसर, अप्रेशन म्यानेजर, रिलेसनशीप म्यानेजर र चार्डर्ट एकाउण्टेडरसेमी क्वालिफाइड चार्डर्ट एकाउण्टेड माग गरको छ ।

तोकिएको योग्याता पुगेका इच्छुकले भदौ २ गतेसम्म बैंकको आधिकारीक वेवसाइटमार्फत् आवेदन दिन सक्नेछन् ।

सेञ्चुरीले माग्यो कर्मचारी

सेञ्चुरी बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयको लागि कर्मचारी माग गरेको छ ।

बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेनमा कही संख्यामा कर्मचारी माग गरेको छ । यी पदका लागि बैंकले १८ वर्षदेखि ३० वर्ष उमेर ननाघेका कर्मचारी माग गरेको हो ।

आवेदन भदौ २ गतेसम्म बैंकको आधिकारिक वेवसाइटमार्फत् दिनु पर्नेछ ।

सिभिल लघुवित्तले पनि माग्यो ८० जना

सिभिल लघु वित्त वित्तीय संस्थाले भारी संख्यामा रोजगारी खुलाएको छ । संस्थाले अधिकृत तहदेखि कनिष्ठ सहायकसम्म गरी ८० जना कर्मचारी माग गरेको हो ।

संस्थाले अधिकृत १ जना, कनिष्ठ अधिकृत ४ जना, सहायक कनिष्ठ अधिकृत ५ जना, वरिष्ठ सहायक ३७ जना र कनिष्ठ सहायक ३८ जनाको लागि रोजगारी दरखास्त आह्वान गरेको छ । संस्थाले विषेश गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रही काम गर्न इच्छुकलाई प्रथमिकता दिने उल्लेख गरेको छ ।

संस्थाले तोकेका योग्यता पुरा गरेका इच्छुक आवेदकले भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*