Prakash Adhikari August 13, 2021

काठमाडौं, २९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७ सय ८ पीसीआर परीक्षणमा २ हजार ७ सय ६३ र ६ हजार ८ सय ७४ एन्टिजेन परीक्षणमा १ हजार १ सय ५२ जना गरी कूल ३ हजार ९ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ७ लाख २८ हजार ५ सय ३२ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७४ हजार ३४ रहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार १ सय १८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७९ हजार ४ सय ९५ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ३५ हजार ५ सय १८ होम आइसोलेसन, ३ हजार २ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसैगरी ७ सय ३६ जना आइसीयू र १ सय ८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७ सय ९८ जना छन् ।

थप २७ को मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २ सय ३९ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Share Now

Leave a comment.