Prakash Adhikari August 23, 2021

काठमाडौं, ७ भाद्र । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ ।

अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

सोमबार नै नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुरसंग पनि भारतीय जनता पार्टीका नेता विजय चौथाइवालेले भेट गर्नुभएको छ ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख रहनुभएका चौथाईवाले हाल नेपालको भ्रमणमा हुनुहुन्छ ।

चौथाइवालेले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो ।

Share Now

Leave a comment.