Prakash Adhikari February 25, 2018

काठमाडौं, १३ फागुन । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रचार अभियानमा अज्ञात समूहको बम आक्रमणमा परि बायाँ खुट्टा गुमाएकी नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य मीरा कटुवाललाई जनसम्पर्क समिति बेल्जियमले रु २ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

जनसम्पर्क समिति बेल्जियमका प्रतिनिधि उल्का घिमिरे, राजेन्द्र पौडेल र बिजय मल्ल लगायतले समितिले संकलन गरेको २ लाख रुपैयाँ सहयोग बिहीबार एक कार्यक्रमबीच नेत्री कटुवाललाई हस्तान्तरण गरेका गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा नवनिर्वाचित राष्ट्रियसभा सदस्य सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य गुरुराज घिमिरेलगायतको उपस्थिति थियो ।

Share Now

Leave a comment.