Prakash Adhikari August 28, 2021

काठमाडौं, १२ भाद्र । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचमा पार्टीका विवाद समाधान गर्दै महाधिवेशन निर्धारित मितिमा गर्ने सम्बन्धमा आज पनि सहमति भएको छ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको हो।

सभापति देउवासँग कुराकानी गरेपछि पौडेलले आज आफूनिकटका नेता र जिल्ला सभापतिहरूसँग छलफल गरेका गर्नुभएको थियो।

नेपाली कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको जानकारी वरिष्ठ नेता पौडेलले आफू निकट केन्द्रीय पदाधिकारी, सदस्य र जिल्ला सभापतिहरुलाई सुनाउनुभएको थियो ।

नेताद्धयका बीचमा जिल्ला सभापतिहरूले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ।

जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशीलको नाम सार्वजनिक गर्न माग गरेका थिए।

पार्टीले ४८ जिल्लाका क्रियाशीलको नाम सार्वजनिक गरिसकेको छ भने अरू जिल्लाको एकरदुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ।

एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ।

क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउनेछन्।

 

Share Now

Leave a comment.