Prakash Adhikari September 3, 2021

काठमाडौं, १८ भाद्र । नेपाली सेनाले संगठनभित्र रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो ।

सेनाले आज गोरखापत्र दैनिकमा प्रकाशित गरेको सूचनामा बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ ।

सेनामा भर्ना हुन चाहने नेपाली नागरिकले दरखास्त पेश गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्दछ तर नेपाली सेनामा कार्यरत फलोवर्सहरुले भन्ने २६ वर्ष ननाघे पनि प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् ।

 

Share Now

Leave a comment.