Prakash Adhikari September 7, 2021

मस्कट (ओमान), २२ भाद्र । ओमान भ्रमणको क्रममा पपुवा न्युनिगीसंगको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो इनिड.मा नेपालले पपुवा न्युगिनीलाई १ सय ३४ रनमा अल आउट गरेको छ ।

खेलमा टस हारेर फिल्डिड. रोजेको नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट दिलाएका थिए भने कुशल मल्ल, विक्रम शोव र सोमपाल कामीले समान २-२ विकेट दिलाएका थिए ।

खेलमा लामिछानेले ३३ औं ओभरको अन्तिम बल, २३ औं ओभरको तेस्रो बल, २० औं ओभरको पहिलो बल र १२ औं ओभरको पाँचौ बलमा विकेट झारेका हुन भने कुशलले १३ औं र २३ औं ओभरको पाचौ बलमा विकेट निकालेका हुन्।

खेलमा विक्रम शोवले दोस्रो ओभरको पहिलो बल र चौथो ओभरको छैठौं बलमा विकेट झारेका हुन् ।

३० औ ओभरमा नेपालका सोमपाल कामीले पहिलो र तेस्रो बलमा विकेट झारे  ।

५० ओभरको निर्धारित एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा पपुवा न्युगिनीले ३३ ओभरमा अलआउट हुन पुग्यो जुन क्रममा उसले १ सय ३४ रन जोड्यो ।

पपुवा न्युगिनीका लागि लेगा सायकाले ३०,चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले १७,किप्लिन डोरिगाले १५,सेसे बाउले १४,असद भाला ४ र टोनी उरा र नोसैना पोकनाले समान एक एक रनको योगदान दिएका थिए ।

नेपालको ओमान भ्रमण अन्तर्गत ओमान र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि सुरु हुने त्रिकोणात्मक सिरिज अघि नेपालले पपुवा न्यु गिनीसंग सेप्टेम्बर ७ र १० तारिखमा दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दैछ।

ओमान भ्रमणको पहिलो खेल आज भैरहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दुई देश पहिलो पटक खेल्ने लागेका हुन्।

कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेके नेपाली टिममा दिपेन्द्र सिंह ऐरी (उपकप्तान) , कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल काम,ि अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल र गुलशन झा रहेका छन् ।

पपुवा न्यु गिनी टिममा असद भाला (कप्तान) , किप्लिन डोरिगा, चार्ल्स अमिनी, सिसि बाउ, जेसन किला, नोर्मन भनुवा, सिमि अटाई (विकेटकिपर) , टोनी उरा, हिरी हिरी, नोसैना पोकना, डामियन राभु, लेगा सीएका, चाड सोपर, गौडी टोका र कबुवा मोरेया रहेका छन् ।

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल १६ औं स्थानमा रहेको छ भने पपुवा न्यु गिनी २० औं स्थानमा रहेको छ ।

नेपाल र पपुवा न्युगिनीबी ४ पटक भेट भएको छ । जसमा नेपालले ३ पटक जितेको छ भने पपुवा न्युगिनीले १ जित निकालेको छ । पछिल्लो भेट २०१८ विश्वकप छनोट (जिम्बाब्वे )मा भएको थियो जहाँ नेपाल ६ विकेटले विजयी भयो ।

नेपालको पछिल्लो पटक खेलका ५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ जित र २ हार व्यहोरेको छ भने पीएनजीको पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ५ वटैमा जित निकाल्न असफल रहेको छ ।

खेल अघि नेपालका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिम ओमान चांडै पुग्दा फाइदा भएको बताउदै भनेका थिए,” हाम्रो टिम सन्तुलित छ। अहिलेसम्म हामि सही दिशामा छौँ। ओपनिंग जोडीमा आसिफ शेख र भुर्तेललाई मौका दिंदैछौँ। हामी भ्रमणमा केन्द्रित छौँ। पपुवा न्यु गिनीसंग सम्पूर्ण खेलाडीहरुलाई मौका दिने प्रयास गर्नेछौँ।”

Share Now

Leave a comment.