काठमाडौं, २३ भाद्र । राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश भएको छ।
नेकपा (एमाले)का सांसदहरुको नाराबाजीकै बीच गृहमन्त्री बालकृष्ण खाणले अध्यादेश पेश गर्नुभएको हो ।
बुधबार प्रतिनिधिसभाको तेस्रो बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री खाणलाई अध्यादेश पेश गर्न अनुमति दिनुभएको थियो। एमालेका सांसदरुले होहल्ला गरिरहेकै अवस्थामा खाणले अध्यादेश पेश गरेका छन्।
अध्यादेश पेश भएपछि सभामुख सापकोटाले बैठक २५ भदौसम्मका लागि स्थगित गर्नुभएको छ।


















