Prakash Adhikari September 13, 2021

काठमाडौं, २८ भाद्र । प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा उहाँहरूबीच पौने घण्टा छलफल भएको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उहाँहरूबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आउनुभएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहनु भएको छ । प्रधानमन्त्री देउवा यसअघि नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खनाल निवास डल्लु पुग्नु भएको थियो ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*