Prakash Adhikari September 15, 2021

मस्कट(ओमान), ३० भाद्र । विश्वकप लिग २ अन्तर्गतको ओमानमा भैरहेको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्गत ओमानसंंगको खेल रणनीतिक कमजोरीका कारण नेपालले गुमाउन पुगेको छ ।

मंगलबार अल अमिराट क्रिकेट मैदान मस्कटमा भएको खेलमा नेपाललाई ओमानले ओमानले ५ विकेटले पराजित गर्यो। खेलमा नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ५ विकेट गुमाएर मात्र ३१.१ ओभर पूरा गरेको थियो ।

नेपाली टिमलाई भाग्यले साथ दिएका थियो । टस जितेको नेपाली टिमका क्याप्टेनले अघिल्लो रात मध्यरातसम्म आफ्ना ब्याट्सम्यानहरु अमेरिकासंगको खेलमा गर वा मरको स्थितिमा खेलेको हेक्का राख्न सकेनन् ।

अमेरिकासंगको खेलमा नेपालले टस हारेर पहिले बलिड. गर्न पाएको थियो । नेपाली बलरहरुले आफ्नो प्रदर्शन गरेर पर्याप्त आराम गर्न भ्याएका थिए । दोस्रो इनिड.को ब्याटिड.मा पनि ब्याट्सम्यानहरु नै चम्केको र विकेट धेरै नगुमेकोले बलरहरु ब्याट लिएर मैदानमा उत्रिन परेर उनीहरुलाई चाहिदो आराम मिलेको थियो । फिल्डिड. रोजेको भएर नेपाली बलरहरुले पहिलो इनिड.मा ओमानको ब्याटिड. ध्वस्त पार्न सक्ने थिए ।

तर टस जितेर पनि नेपालले सही रणनीति अपनाउन सकेन । सामान्य अवस्था संझेर ब्याटिड. रोज्यो । अघिल्लो रात थाकेका ब्याट्सम्यानहरुको प्रदर्शन तुलनात्मक रुपमा फितलो देखियो । मैदानमा सनसनी मच्चाउने ओपनिड.ब्याट्सम्यान कुशल भूर्तेल दोस्रो बलमा खाता नखोल्दै आउट भएपछि ब्याटिड.मा नेपाललाई ठूलो दबाब पर्यो ।

अर्का ओपनिड. ब्याटस्म्यान आशिफ शेख बाहेक कुनै ब्याट्सम्यान मैदानमा टिक्न सकेनन् । ब्याटस्म्यानहरु चाडो मैदानबाट बाहिरिएपििछ त्यसको चाप बलरहरुमा पर्यो । उनीहरुले बलिड.को लागि सञ्चय गरेका शक्ति अधिक परिणाम ल्याउन नसक्ने ब्याटिड.मा खर्चिनु पर्यो र ब्याटिड. गरेर थाकेका बलरहरु तुरुन्तै बलिड.मा उत्रिदा त्यहाँ पनि राम्रो गर्न सकेनन् । नेपालको बलिड. र ब्याटिड. दुवै मोर्चा ध्वस्त हुन गयो ।

खेलमा नेपालले दिएको १ सय ९७ बलको लक्ष्य पछ्याउने क्रममा इनिंग्सको सुरुवात देखिनै ओमानका ओपनर जतिन्दर सिंह हाबी भए । उनले बिक्रम सोब, करन केसी र सोमपाल कामीलाई सिंहले चौका र छक्काको वर्षा गरे। एकै ओभरमा ३० रन जोडे । जतिन्दरले बाउन्ड्री वर्षा गर्दै नेपाली बलरहरुलाई निरिह बनाउदा नेपाली क्रिकेटका तारा तथा अन्तर्राष्ट्रिय क्रिकेटमा सफल बलर सन्दीप लामिछानेको खोजी भएको थियो । तर ब्याटिड. गर्दा थाकेका सन्दीप बलिड.को लागि मैदान प्रवेश गर्दै गर्दा अस्वस्त भए । बलिड.को लागि मैदान प्रवेश गरेको केहि बेरमा अचानक निकै पेट दुखेपछि सन्दीप मैदानमा ढले । पेट मिचिमिचि मैदानमा छटपटाएका उनलाई मैदान बाहिर लगियो र उनी खेलअवधिभर मैदानमा फर्किएनन् ।

नेपालका आक्रमक बलर नखेलिकन मैदानमा ढलेपछि ओमानका बलरहरको मनोबल बढ्नु स्वभाविक थियो । खेलमा ओमानका जतिन्दरले ६२ बलमा १२ चौका र ६ छक्का मद्दतले १ सय ७ रन बनाउदै ओमानको सहज जितमा प्रमुख योगदान दिए।

खेलमा ओमानका मोहम्मद नदिमले ३८ र सुरज कुमारले २० , अयन खाँनले १८ सोयब खानले ७ र जेसम मक्सूदले ४ रन बनाए ।

नेपालका लागि करण केसी र कुशल मल्लले २–२ तथा सुशन भारीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन बनाए । १ सय १२ बलमा उनले ७ चौका र १ छक्का हिर्काए । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा रोहित पौडेलले २० रनको योगदान दिए । विनोदले भण्डारी ६,सोमपाल ७, कुशल मल्ल ४,बिक्रम शोब र सुशन भारीले २-२ रन बनाए ।

खेलको अन्त्यतिर करण केसीले २१ तथा सन्दीप लामिछानेले १६ रन बनाउँदै बनाउँदै नेपालको स्कोर सम्मानजनक बनाए ।

नेपालको मध्यक्रम टिक्न नसक्दा नेपाल ठूलो योगफल बनाउनबाट चुक्यो ।

नेपाललाई रोक्ने क्रममा ओमानका लागि विलाल खानले ४ तथा नेस्टर धाम्बाले २ विकेट लिए । मोहम्मद नदीम र जेसम मक्सूदले एक एक विकेट लिए ।

त्रिकोणीय श्रृखला अन्तरगत कै पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

मंगलबारको खेलमा ओमान भ्रमणका अघिल्ला ३ खेलमा १२ विकेट लिएका सन्दीपको सख्त अभाव नेपाली टिमलाई भयो। खेलको क्रममा कमेन्टेटरले पनि सन्दीपको अनुपस्थिति नेपालको दुर्भाग्य बताएका थिए ।

त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। सिरिज अन्तर्गत आगामी खेल नेपालले अमेरिकासंग सेप्टेम्बर १७ तारिखमा खेल्ने तालिका रहेको छ।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*