Prakash Adhikari February 27, 2018

हरारे(जिम्बाबे), १५ फागुन । आईसीसी विश्वकप २०१९ को छनोट खेलमा प्रतिस्पर्धा गर्न जिम्बाबे पुगेको नेपाली  क्रिकेट टोलीले पहिलो अभ्यास खेल आज अपरान्ह संयुक्त अरब इमिरेट्स(युएई)संग खेल्दैछ ।

अभ्यास खेल स्थानीय क्वेक्वे रंगशालामा स्थानीय समय अनुसार दिउसो १ :१५ मा आरम्भ हुनेछ ।

सन् २०१९ मा बेलायतमा आयोजना हुने आईसीसी बिश्व कपको लागि जिम्बाबेमा मार्च ४ देखि छनोट प्रतियोगिता सुरु हुँदैछ।

नेपाल सहित १० राष्टहरु सहभागी हुने यस प्रतियोगितामा उत्कृष्ट हुने २ टिम विश्वकप खेल्न छानिनेछन् भने प्रतियोगिताबाट उत्कृष्ट ३ एसोसिएट राष्ट एकदिवसीय राष्टको मान्यता पाउनेछन्।

प्रतियोगिता अन्तर्गत नेपाल समुह ‘बि’ मा अफगानिस्तान, जिम्बाबे, हंगकंग र स्कटल्याण्डसंगै रहेको छ।

नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोली जिम्बावे बिरुद्द खेल्दै छ।

यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ।

लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ मा हंगकंगको सामना गर्नेछ।
दोश्रो अभ्यास खेलमा १ मार्चमा नेपालले हंगकंगको सामना गर्नेछ।

नामिबियामा केहि दिन अघि आयोजित विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता अन्तर्गत बिजेता बन्दै संयुक्त अरब ईमिरेट्स (युएई) र दोश्रो स्थानमा रहँदै नेपाल जिम्बाबेमा आयोजना हुन लागेको विश्वकप छनौट प्रतियोगिताको लागि छनौट भएका हुन् ।

सोहि छनौट प्रतियोगिताको पूर्वसन्ध्यामा पुनः यी दुई टीमहरु अभ्यास खेलको लागि पुनः प्रतिस्पर्धा गर्न लागेका हुन्।

हालै नामिबियामा सम्पन्न नेपाल र युएईबीच डिभिजन २ को खेलमा समूह चरणमा नेपाल बिजयी भएको थियो भने फाइनलमा यूएइले दिएको २ सय ७८ को विशाल लक्ष्य प्राप्त गर्न नेपाल ७ रनले मात्र असमर्थ रहेको थियो ।

Share Now

Leave a comment.