Prakash Adhikari September 16, 2021

 

काठमाडौं, ३१ भाद्र । नेपाली क्रिकेटका तारा सन्दीप् लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) बलिंग वरियताको शीर्ष ९१ औं स्थानमा पुग्न सफल भएका छन् ।

आईसीसीले सार्वजनिक गरेको ताजा वरियतामा बलिड.तर्फ उनी शीर्ष १०० भित्र पर्न सफल भएका हुन् । २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न सुरु गरेको नेपाली टिमका कुनै पनि खेलाडी हालसम्म वरियताको शीर्ष १०० भित्र पर्न सकेका थिएनन्।
ओमान भ्रमणमा जानु अघि सन्दी वरियताको १ सय २८ औं स्थानमा रहेका थिए। भ्रमण अन्तर्गत पपुवा न्यु गिनी बिरुद्धको दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियमा क्रमशः पहिलो खेलमा ४ तथा दोश्रो खेलमा ६ विकेट लिएका उनले लिग २ अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिका बिरुद्ध २ विकेट लिएका थिए। मात्र ३ खेलमा १२ विकेट लिएपछि नेपाली बलर १२८ औं स्थानबाट एकै चोटी ३७ स्थानमाथि उक्लेका हुन्।

ओमानबिरुद्ध पछिल्लो खेलमा भने उनी बलिड.मा उत्रन सकेनन् । मैदानमा निस्केका उनी पेटको दुखाइले फत्र्याक फत्र्याक परे बलिंग गर्न सकेनन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालकोतर्फबाट सर्वाधिक विकेट लिने सन्दीपले १४ खेल खेल्ने क्रममा १३ इनिंग्समा बलिंग गदाए ३५ विकेट लिईसकेका छन्।

सन्दीप यदी थप ४ खेलमा १५ विकेट लिन सक्ने हो भने उनी विश्वकै सबैभन्दा छिटो ५० एकदिवसीय अन्तर्राष्ट्रिय विकेट लिने बलर बन्नेछन्। यो रेकर्ड श्रीलंकाको अजन्था मेन्डिसको नाममा रहेको छ जसले १९ खेलमा ५० विकेट पूरा गरेका थिए।

अरुको अवस्था
एकदिवसीय अन्तर्राष्ट्रिय वरियता क्रममा सन्दी पछि करन के.सी. १ सय ४४ औं स्थानमा रहेका छन् भने सुशन भारी १ सय ४६ औं स्थानमा रहेका छन्। यस्तै सोमपाल कामी १ सय ५८ औं, कुशल मल्ल १ सय ८४ औं, बिक्रम सोब २ सय ६९ औं स्थानमा रहेका छन्।

ब्याटिंग वरियतामा बिनोद भण्डारी १ सय ६७ औं, कप्तान ज्ञानेन्द्र मल्ल १ सय ८६ औं, कुशल मल्ल २ सय २७ औं, रोहित पौडेल २ सय ४८ औं, आरिफ शेख २ सय ५२ औं, आसिफ शेख २ सय ८६ औं, शरद भेसावकर ३ सय १ औं, कुशल भुर्तेल ३ सय ५७ औं स्थानमा रहेका छन्।

नेपाली क्रिकेट टिम एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा १५ औं स्थानमा रहेको छ। यस्तै टी २० अन्तर्राष्ट्रिय वरियतामा एसोसिएट राष्ट्रहरुमध्ये सबैभन्दामाथि १३ औं स्थानमा छ।

टि २० अन्तर्राष्ट्रिय बलिंग वरियतामा सन्दीप लामिछाने ८१ औं स्थानमा रहेका छन् । यहाँ पनि शीर्ष १०० भित्र हुने एक मात्र नेपाली बलरको स्थान उनले लिएका छन् । टि २० अन्तर्राष्ट्रिय ब्याटिंग वरियतामा कुशल भुर्तेल ५९ औ स्थानमा छन्। सन्यास लिईसकेका पूर्व कप्तान पारस खड्का ८८ औं तथा वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल ९३ औं स्थानमा छन्। अन्य ब्याट्सम्यान शिर्ष सय भित्र छैनन्।

 

Share Now

Leave a comment.