Prakash Adhikari September 25, 2021

 

कीर्तिपुर(काठमाडौं), ९ असोज । नेपालको प्रतिष्ठित टी २० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (एपीएल) टी २० ट्वान्टीको चौंथो संस्करण आज सुरु हुँदैछ।

दिउसो १२ : १५ बजे सुरु हुने उद्घाटन खेलमा सन्दीप लामिछाने कप्तानीको काठमाडौँ किंग्स् ११ र कुशल भुर्तेल कप्तानीको डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स प्रतिस्पर्धा गर्दैछन्।

गत सिजनको लिग विजेता टिम ललितपुर लिग चरणमा पनि ५ खेलमा ४ जित र १ हार व्यहोर्दै शीर्ष स्थानमा रहेर प्लेअफ प्रवेश गरेको थियो। पहिलो खेलमा बिराटनगरसंग ३ विकेटले पराजित भए पछि उत्कृस्ट पुनरागमन गर्ने क्रममा उसले लगातार ४ खेल जित्दै प्लेअफमा स्थान पक्का गरेको थियो। पहिलो क्वालीफायरमा काठमाडौं किंग्स(११ लाई १ विकेटले पराजित गर्दै फाइनल पुगेको उसले उपाधि जित्ने क्रममा भैरहवालाई १४ रनले पराजित गरेको थियो।

कुशल भुर्तेलको कप्तानी रहेको ललितपुर पेट्रिएट्समा ,सुर्य तामांग, पवन सर्राफ, सन्दिप जोरा, सोनु तामांग, राशिद खान, शंकर राना, योगेन्द्र सिंह कार्की, नारायण जोशी, ललित राजबंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई(✈️), ओशाडा फर्नान्डो(✈️), शनदुन विराक्कोडी (✈️)र मिक्यो दोर्जी (✈️) रहेका छन् ।

डिफेन्डिङ च्याम्पियन ललितपुर टिम यो पटक पनि सन्तुलित देखिएको छ। टिमको माथिल्लो क्रमको ब्याटिंगमा कुशल भुर्तेल, ओशाडा फर्नान्डो, शन्दुन विराक्कोडी, शंकर राना, बिभत्सु थापा जस्ता खेलाडीहरु छन्। अर्कोतर्फ मध्यक्रममा तथा फिनिसरको रुपमा सन्दिप जोरा, पवन सर्राफ, योगेन्द्र सिंह कार्की, सोनु तामांग जस्ता खेलाडीहरु ठूलो सट खेल्न सक्षम छन्। टिमको फास्ट बलरको रुपमा अफगानिस्तानका ओमरजाई , राशिद खान, नारायण जोशी, कमल खत्री, नागराज सिंह जस्ता बलर छन्। योगेन्द्र र सोनुले मिडियम पेसरको भूमिका निभाउन सक्छन्। ललित राजबंशी, सुर्य तामांग र अरियो पौडेल स्पिन पक्ष सम्हाल्न सक्छन्।

गत सिजन २०१८ मा काठमाडौँ किंग्स ११ लिग अंक तालिकाको दोश्रो स्थानमा रहँदै प्लेअफ प्रवेश गर्न सफल रहेको थियो। पहिलो र दोश्रो क्वालिफायरमा ललितपुर र भैरहवासंग पराजित हुँदै टिमको यात्रा समाप्त भएको थियो।

नेपालका चर्चित खेलाडी सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स् ११मा अमित श्रेष्ठ, सुबास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दिपेन्द्र रावत, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा, शहिद अफ्रिदी(✈️), जनक प्रकाश(✈️), रायन बर्ल(✈️) र रहमनुल्लाह गुर्बज (✈️) जस्ता खेलाडी रहेका छन् ।

स्टार क्रिकेटर सन्दिपको टिममा विश्वप्रसिद्ध पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी छन् जसले लिगको सुरुवाती २ खेल खेल्नेछन्। टिममा ब्याट्सम्यानको रुपमा सुबास खकुरेल, अमित श्रेष्ठ, राजु रिजाल, सिद्धान्त लोहनी छन्। टिमका अन्य तिन विदेशी खेलाडी अफगानिस्तानका रहमनुल्लाह गुर्बज, जिम्बाब्वेका रायन बर्ल र सिंगापुरका जनक प्रकाशको उपस्थितिले टिमलाई सन्तुलन प्रदान गर्छ। गुर्बज विकेटकिपर ब्याट्सम्यान हुन् जो ओपनिंग ब्याटिंग गर्ने गर्छन्। बर्ल र प्रकाश तल्लो क्रममा आक्रामक ब्याटिंग गर्न सक्छन् भने बर्ल लेग स्पिन तथा प्रकाश राम्रो मिडियम पेसर हुन्। बलिंग पक्ष हेर्दा टिममा कप्तान सन्दीप पछि अफ्रिदीको उपस्थितिले सुरुवात दुई खेलमा बिपक्षी ब्याट्सम्यानलाई सहज पक्कै हुनेछन्।

यस्तै राष्ट्रिय टिमका उदयमान पेसर गुल्सन झा, आकाश चन्द, मिस्ट्रि स्पिनर शेर मल्ल तथा देब्रे हाते स्पिनर संसाद शेख र दिपेन्द्र रावत टिममा छन्। अलराउण्डर अमर सिंह रौटेला मिडियम पेस बलिंग र ब्याटिंग दुवैमा राम्रो योगदान दिन सक्षम छन्।

सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुने ईपीएलमा । सहभागी ६ टिमले एक अर्कासंग लिग चरणमा एक । एक खेल खेल्ने छन्। लिग चरणमा अंकतालिकामा उत्कृस्ट हुने टिम र दोश्रो हुने टिम बीच पहिलो क्वालिफायर हुनेछ जसको विजेता सोझै फाइनल पुग्नेछ। यस्ता लिग चरणमा तेश्रो र चौंथो हुने टिम बीच इलिमिनेटर हुनेछ जसको विजेताले दोश्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टिमसंग फाइनल प्रवेशको लागि खेल्नेछ।

अन्य टीम र कप्तानहरु

ईपीएलमा ललितपुर पेट्रिएट्सको कुशल भुर्तेल, भैरहवा ग्ल्याडीएटर्सको शरद भेसावकर, काठमाडौँ किंग्स ११ को सन्दीप लामिछाने, चितवन टाइगर्सको सोमपाल कामी, बिराटनगर वारियर्सको करन केसी, पोखरा राइनोजको कप्तानी बिनोद भण्डारीले गर्ने भएका छन् ।

अन्य टिम कस्तो बने ?

Bajaj Pulsar Everest Premier League Connected by Ncell

भैरहवा ग्ल्याडीएटर्स : शरद भेसावकर (कप्तान) आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, प्रदिप ऐरी, भुवन कार्की , दिपेश श्रेष्ठ, कृष्ण कार्की, हरिशंकर शाह, हिमांशु दत्ता, दुर्गेश गुप्ता, बिकाश आग्री, तुल बहादुर थापा, मौसम ढकाल, तामिम इक्बाल (✈️), उपुल थारांगा (✈️), धम्मिका प्रशाद (✈️) , शर्भिन मुनिएन्डी (✈️)

पोखरा राइनोज : बिनोद भण्डारी, सुनिल धमला, रित गौतम, बिपिन रावल, लोकेश बम, रबिन्द्र शाही, बिबेक यादव, सुशन भारि, किशोर महतो, बिक्रम सोब, नन्दन यादव, अर्जुन कुमाल, देब शाह, बिपिन खत्री, रिचर्ड लेभी (✈️), केसरिक् विलियम्स(✈️), असेला गुनरत्ने(✈️), सहान अरचिगे(✈️)

चितवन टाइगर्स : सोमपाल कामी, दिलिप नाथ, राजेश पुलामी, इशान पाण्डे, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप सुनार, देभ खनाल, हसिम अन्सारी, आदील खान, खडक बोहरा, गौतम केसी, भिम शार्की, सागर ढकाल, मोहम्मद शाहजाद(✈️), करीम जनत(✈️), सेक्कुगे प्रसन्ना(✈️), भीरनदीप सिंह(✈️)

बिराटनगर वारियर्स  : करन केसी, आसिफ शेख, अनिल शाह, रामनरेश गिरि, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, बिक्रम भुसाल, अनिल खरेल, सन्दिप रजाली, सोनु देबकोटा, प्रतिश जिसी, अनुज चुनारा, सन्तोष यादव, सिकन्दर राजा(✈️), रायन पठान(✈️), चन्द्रपौल हेमराज(✈️), दिलशान मुनाविरा(✈️)

 

Share Now

Leave a comment.