Prakash Adhikari September 25, 2021

 

कीर्तिपुर(काठमाडौं), ९ असोज । नेपालको चर्चित टी २० क्रिकेट लिग एभरेष्ट प्रिमियर लिगको चौथो संस्करणको उद्घाटन खेलमा कुशल भूर्तेल कप्तानीको ललितपुर प्याट्रियोट्सले सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स् ११ लाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले टस हारेर ब्याटिड. गरेको कुशल भूर्तेलको ललितपुर प्याट्रियोट्सले निर्धारित २० ओभरमा सबै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ५७ रन जोडेको हो ।

खेलमा ललितपुरका पवन शरार्फले ६१, योगेन्द्रसिंह कार्कीले ३३, रनजंग मिक्यो दोर्जीले १७,शंकर रानाले १४, नारायण जोशीले १२,ओशादा फर्नाण्डोले ४,सन्दुन विराकोटीले २ तथा रसिद खानले १ रनको योगदान दिए । क्याप्टेश कुशल भूर्तेल कुनै रन जोडन नपाउदै पहिलो बलमा नै आउट भए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका समेत ओपनिड. ब्याट्सम्यान रहेका कुशललाई काठमाडौं किंग्स्का जितेन्द्र मुखियाले पहिलो बलमा नै शिकार बनाए । जितेन्द्रको तिर जस्तो बलिड. त्यतिकैमा रोकिएन पहिलो ओभरको अन्तिम बलमा उनले सन्दुम विराकोटीलाई २ रन बनाएको बेलामा आउट गरे । दोस्रो ओभरको तेस्रो बलमा गुलशन झाले ओशादा फर्नाण्डोलाई एक चौकाबाट माथि उक्लिन नदिइ एलबीडब्ल्यु धरापमा पारे । मुखियाले १० औ ओभरको अन्तिम बलमा शंकर रानालाई शिकार पारे । १७ औं ओभरको दोस्रो र तेस्रो बलमा रायल बर्लले पवन शर्राफ र योगेन्द्र कार्कीको विकेट लिए । १९औं ओभरको तेस्रो बलमा मुखियाले रसिद खानको विकेट लिए भने २० औं ओभरको चौथोबलमा गुल्शन झाले नारायण जोशीको विकेट लिए ।

अहिले सन्दीप लामिछानेको किंग्स् ११ ले ब्याटिड. गरिरहेको छ । उसले दोस्रो ओभरको समाप्तिमा २ विकेट गुमाएर १७ रन जोडेको छ ।

Share Now

Leave a comment.