Prakash Adhikari September 26, 2021

काबुल(अफगानिस्तान), १० असोज । अफगानिस्तानको हेरात सहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीका शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइदिएको विवरण प्राप्त भएको छ।

तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट उक्त घटना भएको हो।

एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चार जनाको एउटा भिडन्तमा मृत्यु भएको एक स्थानीय अधिकारीले बताउनुभएको छ।

समाचारसंस्था एपीलाई प्रत्यक्षदर्शीले हेरातको केन्द्रमा एउटा क्रेनमा शव झुन्ड्याइएको आफूले देखेको बताउनुभएको हो।

त्यहाँ पसल सञ्चालन गर्ने वजिर अहमद सिद्दिकीले एपीलाई बताएअनुसार उक्त स्थानमा चारवटा शव ल्याइएको र त्यहाँ एउटा झुन्ड्याइएको थियो भने बाँकी तीन वटालाई सहरका अन्य स्थानमा देखाउन लगिएको थियो।

हेरातका सहायक गभर्नर मौलवी शैर अहमद एमरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले तालिबान लडाकुहरूले अपहरणको आरोप लागेका ती मानिसलाई फेला पारेको र गोली हानाहानमा उनीहरूको मृत्यु भएको जनाएका छन्।

“हामीले अरू अपहरणकारीलाई चेतावनी दिन तिनका शवलाई हेरातका चोकहरूमा झुन्ड्यायौँ,” उहाँले भन्नुभएको छ।

ती मानिसको मृत्यु भएको परिस्थितिमा बीबीसीले स्वतन्त्रतापूर्वक पुष्टि गर्न सकेको छैन।

तर सामाजिक सञ्जालमा प्रेषित बीभत्स तस्बिरमा एउटा पिकअप ट्रकको पछाडिपट्टि रक्ताम्मे शवहरू राखिएको र एउटा क्रेनले एउटा शव उठाइरहेको देखिन्छ।

अर्को एउटा भिडिओमा एक व्यक्तिको शव झुन्ड्याइको र उनको छातीमा “अपहरणकारीहरूलाई यसरी दण्ड दिइन्छ” लेखिएको देखिन्छ।

गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएपछि तालिबानले पहिलाको जस्तो कठोर नभई अलि नरम शासन गर्ने बताउँदै आएको छ।

तर देशका विभिन्न स्थानबाट मानवाधिकार उल्लङ्घन गरिएका अनेकौँ विवरण प्राप्त भएका छन्।

तालिबान सरकारमा कारागार प्रमुख बनाइएका मुल्लाह नूरुद्दिन तुराबीले “सुरक्षाका लागि आवश्यक भएको” भन्दै मृत्युदण्ड र अङ्गच्छेनको सजाय फेरि थालिने बिहीवार घोषणा गर्नुभएको थियो।

एपीसँगको अन्तर्वार्तामा उहाँले त्यस्ता दण्डहरू सन् १९९० को दशकमा तालिबान शासनकालमा जसरी सार्वजनिक रूपमा भने नदिइने सम्भावना व्यक्त गर्नुभएको थियो।

तालिबानले आफ्नो पाँचवर्षे शासनकालमा काबुलको रङ्गशाला तथा इद गाह मस्जिदको मैदानमा बारम्बार सार्वजनिक मृत्युदण्ड दिने गरेको थियो।

तर मुल्लाह नूरुद्दिन तुराबीले विगतमा दिइएका मृत्युदण्डप्रति व्यक्त आक्रोशलाई बेवास्ता गर्दै भन्नुभयो, “हाम्रो कानुन कस्तो हुनुपर्छ भन्ने कसैले हामीलाई भन्ने हैन।”

उहाँ विगतका गतिविधिका कारण संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धसम्बन्धी सूचीमा हुनुहुन्छ। पहिला उहाँ तालिबानको “नैतिकता प्रहरी”का प्रमुख हुनुहुन्थ्यो।

“रङ्गशालामा दिइएका दण्डका कारण सबैले हाम्रो आलोचना गरे। तर हामीले उनीहरूका कानुन र दण्डबारे केही भनेका छैनौँ,” उहाँले भन्नुभयो।

गत महिना अल्पसङ्ख्यक हजारा समुदायका नौ सदस्यको हत्यामा तालिबान लडाकुहरू संलग्न भएको एम्नेस्टी इन्टरन्याश्नलले जनाएको थियो।

उक्त संस्थाका महासचिवले “क्रूरतापूर्वक” गरिएका ती हत्याले तालिबानको विगत र तालिबानको शासनमा फेरि के हुनसक्छ भन्ने सङ्केत गरेको बताउनुभएको थियो।

अफगानिस्तानमा तालिबानद्धारा अपहरणको आरोप लागेका चार जनाको हत्या, शव सार्वजनिक स्थानमा झुन्ड्याइयो

तालिबानको तीव्र आरोह

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा
  • सेप्टेम्बर: तालिबानद्वारा नयाँ सरकार घोषणा
Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*