काठमाडौं,१४ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ हुनुभएको छ ।
केही दिनदेखि ज्वरो र खोकी देखिएपछि उहाँलाई बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ ।
उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको नेपालको सचिवालयले जनाएको छ ।
उहाँको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ सन्तकुमार दास सहितको टोली संलग्न हुनुहुन्छ।
स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको सचिवालयले जानकारी गराएको छ ।


















