Prakash Adhikari October 5, 2021

काठमाडौं, १९ असोज । धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले नै हाल निलम्बित अध्यक्ष ढुंगानालाई अघिल्लो हप्ता सर्वोत्तम सिमेण्टको शेयर खरिद गरेको बिषयमा स्पष्टीकरण सोधेको थियो ।

बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि प्रारम्भिक शेयर निष्काशन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा नामसारी भएको पाइएपछि ढुंगाना विवादमा तानिनुभएको थियो ।

बुक बिल्डिङमार्फत् साढे ७ सय रुपैयाँमा सेयर बेच्ने घोषणा गरेको सर्वोत्तमको शेरयर रेबिकासहित स्वार्थ गासिने व्यक्तिहरुले भने २५० रुपैयाँमै किनेको भेटिएपछि ढुंगाना विवादमा तानिनुभएको थियो ।

सो विवादपछि उहाँलाई निलम्बन गरेर सरकारले पूर्वन्यायाधीश अनन्तराम डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

सो समितिले बोर्डले लागूगरेको आचारसंहिता, बोर्डको नियमावली विपरित आफैले नियमन गर्ने संस्थाको भित्री सूचना प्राप्त गरेको बोर्डको अध्यक्ष जस्तो व्यक्तिले आफ्नो र परिवारको नाममा शेयर खरिद गर्नु अनुचित कार्य भएको उल्लेख गर्दै प्रक्रिया पुर्याएर निलम्बन गर्न सिफारिस गरेको थियो ।

सो छानबिन समितिको सिफारिस बमोजिम नै सरकारले अघिल्लो हप्ता स्पष्टीकरण सोधेर त्यसमा चित्तबुझ्दो जवाफ नपाएकोले उहाँलाई बर्खास्त गरको हो ।

 

 

Share Now

Leave a comment.