Prakash Adhikari October 6, 2021

कीर्तिपुर(काठमाडौं), २० असोज । एभरेस्ट प्रिमियर लिगको पहिलो इलिमीनेटरमा काठमाडौँ किंग्स ११ लाई भैरहवा ग्ल्याडिएटर्सले १६ रनले पराजित गरेको छ।

जितपछि अब भैरहवाले फाइनल प्रवेशको लागि भोलि बिहिबार पोखरा राइनोजसंग दोश्रो इलिमीनेटरमा प्रतिस्पर्धा गर्नेछ।

आजै सम्पन्न पहिलो क्वालिफायरमा पोखरा राइनोज चितवन टाइगर्ससंग ९ विकेटले पराजित भएको थियो।

पोखराबिरुद्ध जितपछि चितवनले फाइनलमा स्थान पक्का गरिसकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न खेलमा भैरहवाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको काठमाडौँले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षतिमा १ सय ७२ रन मात्र बनाउन सक्यो।

काठमाडौँको लागि ओपनर अशान प्रियन्जनले ६८ रन, जनक प्रकाशले २८ , अमित श्रेष्ठले १९, दिनेश अधिकारीले १५ तथा राजु रिजालले १० रन योगदान दिए।

भैरहवाको बलिंगमा धम्मिका प्रशाद, कुशल मल्ल र आरिफ शेखले समान २ विकेट तथा दुर्गेश गुप्ताले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १ सय ८८ रन बनाएको थियो।

भैरहवाको ब्याटिंगमा कप्तान शरद भेसावकरले सर्वाधिक ४९ रन बनाए ।

Share Now

Leave a comment.