Prakash Adhikari October 17, 2021

 

माले(माल्दिभ्स्),३१ असोज ।  टापु राष्ट्र माल्दिभ्स्को मालेमा शनिवार भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल उपविजेतामा सीमित रहन बाध्य भयो ।

अघिल्ला खेलमा पहेलो कार्ड पाएका कारण फाइनल गुमाएका अञ्जन विष्टको अभाव खेलअवधिभर नेपाललाई खट्किरह्यो ।

आफूभन्दा बलियो मानिएको भारतसंगको खेलमा रक्षात्मक रणनीति लिएका नेपाली खेलाडीले पहिलो हाफमा भारतलाई गोल गर्नबाट रोकेका थिए । तर दोस्रो हाफमा खेलमा भारतले आक्रामक रणनीति लियो र नेपाललाई नेपाललाई ३-० गोल अन्तरले हराएउदै उपाधि हासिल गर्यो ।

विजया दशमीको अवसरमा नवदुर्गा भवानीको आशिर्वाद लिएर मैदानमा उत्रिएके नेपाली टिमा उपविजेतामा सीमित रहृयो ।
खेलको दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो । खेलको ४९औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने त्यसको एक मिनेट वित्न नपाउँदै सुरेश सिंह वाङजेमले भारतको अग्रता दोब्बर बनाए ।

खेलको इन्जुरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि सुनिश्चित गरे ।

नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो, जसमध्ये ८ सही दिशामा थियो ।

नेपालले भने सिंगो खेल अवधिभर जम्मा ६ पटक भारतीय पोष्टमा प्रहार गरेको थियो र त्यसमध्ये एउटा मात्र सही दिशामा थियो

Share Now

Leave a comment.