Prakash Adhikari October 17, 2021

काठमाडौं, ३१ असोज । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि उहाँ आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

दम रोग पीडित उहाँलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो ।

केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उहाँका आफन्तले बताएका छन् । आज उहाँको छातीको परीक्षण गरिएको छ ।

Share Now

Leave a comment.