काठमाडौं,१७ फागुन । एमाले-माओवादी र संघीय समाजवादी फोरम बीच सरकारमा सहभागिताका सम्बन्धमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको सत्तारुढ बामगठबन्धनका नेताले बताएका छन् ।
फोरमले तीन वटा मन्त्रालय मागेको छ ।
सत्ता पक्षले भने सुरुमा एक मन्त्री र एक राज्यमन्त्रीबाट सहभागिताको सुनिश्चितता गर्दै दुई वटासम्म दिने रणनीति बनाएको थियो ।
मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भएको छ ।
संविधान संशोधनमा सिद्धान्ततः तीनवटै दल सहमत भएका छन् ।
एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्न सकिने बताउदै आएका छन् ।