काठमाडौं, ४ कार्तिक । भजन शिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्य पद्मश्री साधना सम्मानबाट सम्मानित हुनभएको छ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आचार्यलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो।
त्यस्तै यो वर्षको पद्मश्री साहित्य पुरस्कार गत वर्ष प्रकाशित केशव दाहालको उपन्यास मोक्षभूमिलाई प्रदान गरिएको छ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०६३ देखि हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ।
गत वर्ष पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको ुहंसुलाई र साधना सम्मान मोदनाथ प्रश्रितलाई प्रदान गरिएको थियो।
आगामी वर्षदेखि सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एकजनालाई पद्मश्री समाज सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताउनुभएको छ।
पद्मश्रीका सबै पुरस्कारको राशि तीन/तीन लाख रहेको छ


















