Prakash Adhikari October 24, 2021

 

शारजहाँ(संयुक्त अरब इमिरेट्स), ७ कार्तिक । टी २० विश्व कप क्रिकेटको सुुपर १२ अन्तरगतको आफ्नो पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको छ ।

टी २० विश्वकपको सुपर १२ चरणको समुह ‘१’ मा विजयी सुरुवात गरेको श्रीलंकाले जारि विश्वकपमा समूह चरणका तीन वटै खेलमा विजय निकाल्दै सुपर १२ को चरणमा प्रवेश गरेको थियो ।

युएईको शारजाह स्टेडियममा बंगलादेशले दिएको १ सय ७२ रनको लक्ष्य श्रीलंकाले ५ विकेट क्षतिमा ७ बल बाँकी हुँदै हासिल गरेको थियो।

श्रीलंकाको लागि चरिथ असलंकाले ८० रन बनाए भने भानुका राजपक्षेले ३ ५३ रन बनाए। यस्तै पथुम निसंकाले २४ रन बनाए।

श्री लंकालाई रोक्ने क्रममा बंगलादेशका नसुम एहमद र शाकिब अल हसनले समान दुई दुई विकेट तथा मोहम्मद सैफुद्दीनले एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ४ विकेट क्षेतीमा १ सय ७१ रन बनाएको थियो।

खेलमा बंगलादेशको लागि ओपनर मोहम्मद नैमले ६२ रन बनाए भने मुश्फिकुर रहिमले अविजित ५७ , लिटन दासले १६, शाकिब अल हसन र महमुदुल्लाहले समान १० । १० रन बनाए।

बंगलादेशलाई रोक्ने क्रममा श्रीलंकाका चमिका करुनारत्ने, बिनुका फर्नान्डो र लाहिरु कुमाराले समान एक एक विकेट लिए।

 

Share Now

Leave a comment.