Prakash Adhikari October 28, 2021

आबुधाबी(युनाइटेड अरब इमिरेट्स), ११ कार्तिक । टी २० विश्वकप क्रिकेट अन्तरगत बुधबार भएको दोस्रो खेलमा नामिबियाले स्कटल्याण्डलाई ४ विकटले पराजित गरेको छ।

पहिलो खेलमा अफगानिस्तानसंग पराजित भएको स्कटल्याण्डको यो लगातार दोश्रो हार हो।

शेख जायद स्टेडियम अबुधाबीमा स्कटल्याण्डले दिएको १ सय १० रनको लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ५ बल बाँकी रहँदै हासिल गर्यो। उसको लागि जेजे स्मितले सर्वाधिक अविजित ३२ रन बनाए भने क्रेग विलियम्सले २३, माइकल भान लिंगेनले १८ तथा डेभिड विजेले १६ रन बनाए।

नामिबियालाई रोक्ने क्रममा स्कटल्याण्ड बलर माइकल लिस्कले २ विकेट लिए भने ब्राडली व्हिल, सफ्यान सरिफ, क्रिस ग्रिभ्स र मार्क वाटले समान एक एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ८ विकेट क्षेतीमा १ सय ९ रन बनाएको थियो। उसको लागि माइकल लिस्कले ४४, क्रिस ग्रिभ्सले २५ तथा म्याथु क्रसले १९ रन बनाएका थिए।

स्कटल्याण्डलाई रोक्ने क्रममा नामिबियाको बलिंगमा बेन ट्रंपलम्यानले सर्वाधिक ३ विकेट लिए भने जान फ्राईलिंकले २ विकेट तथा जेजे स्मित र डेभिड विजेले समान एक एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत नामिबियाले आगामी खेल अफगानिस्तानसंग अक्टोबर ३१ मा खेल्ने छ भने स्कटल्याण्डले आगामी खेल न्युजिल्यान्डसंग नोभेम्बर ३ तारिखमा खेल्नेछ।
समुह ‘२’ अन्तर्गत स्कटल्याण्ड र नामिबियासंगै भारत, पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन्। सबै टिमले एक अर्कासंग एक । एक खेल खेलेपछि समुहको शीर्ष स्थानमा हुने दुई टिम सेमीफाइनल प्रवेश गर्नेछ।

Share Now

Leave a comment.