Prakash Adhikari October 30, 2021

 

विराटनगर(मोरड.), १३ कार्तिक । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभएको छ।

विराटनगर विमानस्थलमा शनिबार बिहान पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो ।

उहाँले हालका मुख्यमन्त्री भीम आचार्यको चाँडै बहिर्गमन हुने र एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभयो ।

अध्यक्ष नेपालले अघिल्लो सरकारले संघीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको पनि बताउनुभयो।

प्रदेश १ मा समाजवादी पार्टीलाई खुलेर अरू दलले सहयोग गर्छन् गर्दैनन् भन्ने टुंगो लागिसकेको छैन। सरकारको नेतृत्व लिन कांग्रेस आफैं अग्रसर हुन खोजिरहेको छ ।

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन काँचो धागोले बाँधेको नभएको भन्दै गठबन्धन मजबुत रहेको बताउनुभयो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा कुनै पनि छलफल नभएको नेपालले उल्लेख गर्नुभएको थियो ।

Share Now

Leave a comment.