काठमाडौं, १४ कात्तिक। नेपाल बार एशोसिएसन र सर्वोच्चच वार एशोसिएसनका अध्यक्ष द्धय चण्डेश्वर श्रेष्ठ र पूर्णमान शाक्यले सर्वोच्च अदालतमा सुरु भएको आन्दोलन संविधानको संशोधनसम्म पुुग्ने बताउनुभएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बारले शुरु गरेको धर्नापछि पत्रकारसँग कुरा गर्दै उहाहरुले न्यायालयलाई विकृति विसंगतिमुक्त बनाउन संविधान संशोधनसम्मको माग अघि सार्ने बताउनुभएको हो
हाल संविधानमा रहेको न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्थाले न्यायालयमा विकृति देखिएको उहाहरुको भनाइ छ । न्यायालयलाई विकृति विसंगतिमुक्त बनाउन बाध्य भएर प्रधानन्यायाधीशजस्तो संस्थाको विरोधमा उत्रिनुपरेको पनि उहाँहरुले बताउनुभएको छ ।
सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले संविधान संशोधनसम्मको आन्दोलन अघि बढाउनु पर्ने अवस्था आएको बताउनुभएको छ ।
आफूहरुले कोही व्यक्तिविरुद्ध नभई प्रवृत्तिका विरुद्ध आन्दोलन गरेको भन्दै शाक्यले यस्तो प्रवृत्ति देखाउने न्यायालयका हरेक व्यक्तिविरुद्ध आन्दोलन चर्किन सक्ने बताउनुभयो ।
‘प्रधानन्यायाधीश पदमा रहेर काम गर्ने व्यक्तिका लागि मात्र होइन, यस्तो प्रवृत्ति कुनै नेतृत्वले देखायो भने आन्दोलन चर्किन सक्छ । पटक पटक आन्दोलन गर्नु नपरोस’ उहाँले भन्नुभयो ।
न्यायालयमा आज वकिलहरुले कालोपट्टि बाधेर धर्ना दिएका छन् ।
प्रधानन्यायाधीश बाहेकका अन्य न्यायाधीशहरुले इजलासमा उपस्थित हुन अझै आनाकानी गरिरहेका छन् ।


















