दुबाई(संयुक्त अरब इमिरेट्स), १४ कार्तिक । टी २० विश्वकप क्रिकेट अन्तरगत आइतबार भएको दोस्रो खेलमा न्युजिल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको छ ।
संयुुक्त अरब इमिरट्सको दुबाईमा भएको खेलमा पहिले ब्याटिड. गरेको भारतले २० ओभरको निर्धारित खेलमा ७ विकेटको क्षतिमा १ सय ९ रन जोड्दै न्युजिल्याण्डसामु १ सय १० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
भारतले दिएको १ सय १० रनको लक्ष्य न्युजिल्याण्डले भने २ विकेटको क्षतिमा १४.३ ओभरमा ३३ बल बाँकी रहदै हासिल गर्यो ।
न्युजिल्याण्डको जितमा डीजे मिचेलले ४९, कान्स विलियम्सनले ३३, एमजे गुप्तिलले २० र डीपी कन्वेले २ रन बनाएका थिए ।
न्युजिल्याण्डलाई रोक्ने क्रममा भारतका जसप्रित बुमराहले २ विकेट लिएका थिए ।
यस अगाडि यस अघि टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १ सय १० रन बनाएको थियो।
भारतका लागि रभीन्द्र जडेजाले २६ रन, हार्दिक पान्ड्याले २३ रन बनाए भने केएल राहुलले १८, रोहित शर्माले १४, रिशभ पन्तले १२, बिराट कोहलीले ९ तथा इशान किशनले ४ रन बनाएका थिए।
भारतलाई रोक्ने क्रममा न्युजिल्यान्ड ट्रेन्ट बोल्टले सर्वाधिक तिन विकेट लिए भने इश सोढीले दुई विकेट लिए। टिम साउदी र एडम मिल्नेले एक एक विकेट लिएका थिए।
२ खेलमा एक जित र एक हार पछि न्युजिल्यान्ड २ अंकसहित समुह ‘२’ अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ।
समान २ अंक सहित नामिबिया नेट रन रेटमा पछि रहँदै चौंथो स्थानमा छ।
३ खेलमा ६ अंक सहित पाकिस्तान पहिलो स्थानमा तथा ३ खेलमा ४ अंक सहित अफगानिस्तान दोश्रो स्थानमा छ।
दोश्रो हार पछि भारत अंक विहिन रहँदै पाँचौ स्थानमा छ भने स्कटल्याण्ड छैठौं स्थानमा छ।
भारतले आगामी खेल नोभेम्बर ३ तारिख बुधबार अफगानिस्तानसंग तथा न्युजिल्यान्डले सोहि दिन स्कटल्याण्डसंग खेल्नेछ।


















