Prakash Adhikari November 1, 2021

बीरेन्द्रनगर(सुर्खेत), १५ कार्तिक । वीरेन्द्रनगरमा सम्पन्न कांक्रेविहार गोल्डकप फुटबलको उपाधि पञ्चपुरी नगरपालिकाले जितेको छ । आज भएको अन्तिम खेलमा पेनाल्टी सुट आउटमा वीरेन्द्रनगरलाई हराउँदै पञ्चपुरीले गोल्डकप उपाधि हात पा¥यो । पञ्चपुरीले ६–५ गोलअन्तरको जित निकालेको हो ।

निर्धारित ९० मिनेटको खेल एक–एक बराबरीमा सकिएपछि आइतबार पेनाल्टी हान्ने क्रममाविवादभई प्रतियोगिता स्थगित भएको थियो । पञ्चपुरीले भेरीगङ्गा, गुर्भाकोट नगरपालिकाको टिमलाई पाखा लगाउँदै वीरेन्द्रनगरसँग अन्तिम प्रतिष्पर्धा गरेको हो । वीरेन्द्रनगरले भने सिम्ता र चिंगाड गाउँपालिकाको टिमलाई हराउँदै उपाधि नजिक पुगेको थियो । गोल्डकप विजेता पञ्चपुरीले रु एक लाखनगदसहित ट्रफी तथा उपविजेता वीरेन्द्रनगरले रु ५० हजार पुरस्कार पाएका छन् । कांक्रेविहार युवा क्लब सुर्खेतद्वारा आयोजित यो अन्तर पालिकास्तरीय प्रतियोगिता हो ।

Share Now

Leave a comment.