Prakash Adhikari March 2, 2018

काठमाडौँ। १८ फागुन । यही फागुन २१ गते हुने नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रम शुक्रबार सार्वजनिक भएका छ ।

 

निर्वाचन समिति सदस्य रहेका नविन्द्रराज जोशी, भिष्मराज आङदम्बे र चिनकाजी श्रेष्ठले जारी गरेको तालिका यस्तो रहेको छ ।

 

निर्वाचन हुने पद : नेपाली कांग्रेस संसदीय दलको नेता 

– मतदाता नामावली प्रकाशन : २०७४ साल फागुन २० गते अपरान्ह ४:३० बजे ।

– मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्चाउने) : फागुन २० गते अपरान्ह ४:३५ बजे देखि अपरान्ह ५:०० बजेसम्म ।

– मतदाताको दावी विरोधमा जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन : फागुन २० गते अपरान्ह ५:३० बजे ।

– उम्मेदवारको लागि दरखास्त : २०७४ साल फागुन २० गते अपरान्ह ६:०० बजे देखि साँझ ७:३० बजेसम्म ।

– उम्मेदवारको प्रथम नामावली प्रकाशन : फागुन २० गते साँझ ७:४५ बजे ।

– उम्मेदवारको दरखास्त उपर दावी विरोध : फागुन २० गते साँझ ७:४५ बजे देखि ८:०० बजेसम्म ।

– उम्मेदवारको दावि विरोधको जाँचबुझ गरी दोश्रो नामावली प्रकाशन : फागुन २० गते साँझ ८:१५ बजे ।

– उम्मेदवारले नाम फिर्ता लिने : २०७४ साल फागुन २० गते साँझ ८:१५ बजे देखि फागुन २१ गते विहान ८:१५ बजेसम्म ।

– उम्मेदवारको अन्तिम नामावली प्रकाशन : फागुन २१ गते विहान ८:३० बजे ।

– उम्मेदवारीको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क : रु ४१,०००।–

 (अक्षेरुपी एकचालिस हजार रुपैयाँ मात्र) ।

– मतदान : २०७४ साल फागुन २१ गते विहान १०:०० बजे देखि दिनको १:०० बजेसम्म ।

(क) निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयभित्र मतदान क्षेत्रमा प्रवेश गरी लाम लाग्ने मतदातालाई मतदान गर्न दिइनेछ ।

(ख) मतदान गर्न आउँदा मतदाताले अनिवार्य रुपमा आफू प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपी वा नागरिकताको प्रमाण पत्र वा फोटो सहितको आफ्नो परिचय खुल्ने प्रमाण लिएर आउनु पर्नेछ ।

– मतदान केन्द्र : नेपाली कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबार काठमाडौं ।

– मतगणना : मतदान समाप्त भएपछि ।

– निर्वाचन परिणामको घोषणा : मतगणना समाप्त भएपछि ।

Share Now

Leave a comment.