Prakash Adhikari November 14, 2021

 

काठमाडौं, २८ कार्तिक । कतारसंग तिन वटा टी २० अन्तर्राष्ट्रिय सिरिज तथा युएईमा टी २० विश्वकप एसिया छनोट खेल्न नेपाली महिला राष्ट्रिय क्रिकेट आज त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाली महिला क्रिकेट टिमले कतारसंग यही नोभेम्बर १६, १७ र १८ मा मैत्रीपूर्ण टी २० अन्तर्राष्ट्रिय खेल्नेछ।

कतारसंगको सिरिज पछि नेपाली टिम त्यहींबाट टि २० विश्वकप एसिया छनोटमा सहभागी हुन युएईतर्फ प्रस्थान गर्नेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रिकामा आयोजना हुने महिला विश्वकप टी २० विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो।
प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोली सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक । एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

प्रतियोगिताको खेल तालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २२ तारिखमा हंगकंगसंग आईसीसी एकेडेमी मैदान २ मा खेल्नेछ। यस्तै दोश्रो खेल सोहि मैदानमा नोभेम्बर २३ तारिखमा भुटानसंग, तेश्रो खेल नोभेम्बर २५ तारिखमा कुवेतसंग आईसीसी एकेडेमी मैदान १ मा, चौंथो खेल मलेसियासंग सोहि मैदानमा नोभेम्बर २६ तारिखमा तथा पाँचौ खेल नोभेम्बर २८ तारिखमा आईसीसी एकेडेमी मैदान २ मा खेल्नेछ।

रुबिना क्षेत्रीको कप्तानी रहेको नेपाली टिममा डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे( विकेटकिपर ) , सरस्वती चौधरी, काजल श्रेष्ठ (विकेटकिपर), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई र प्रशिक्षक जगत टमाटा रहनुभएको छ ।

नेपाली महिला क्रिकेट टिमलाई शनिवार साँझ नेपाल क्रिकेट संघले विदाई कार्यक्रम गरेको थियो ।

Share Now

Leave a comment.