Prakash Adhikari November 16, 2021

काठमाडौं, ३० कार्तिक । मंगलबार नेप्से सूचक ६९.२२ अंकले बढेर २७८४.५८ विन्दुमा पुगेको छ।

यस दिन १ करोड ९३ हजार २ सय ११ शेयरको किनबेचबाट ५ अर्ब ५२ करोडभन्दा बढी रकमको कारोबार भयो ।

मंगलबार ६ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य ७ कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ। उच्च दरमा शेयरमूल्य बढ्ने कम्पनीको शीर्ष स्थानमा मैलुड.खोला जलविद्युत कम्पनी, महालक्ष्मी विकास बैंक, नेपाल बंगलादेश बैंक, नेपाल दूरसञ्चार कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर, तेह्रथुम पावर,अपर तामाकोशी,मानुषी लघुवित्त, प्रभु इन्स्योरेन्स र श्री इन्भेष्टमेण्ट फाइनान्स कम्पनी लगायत रहेका छन्।

मंगलबार विजय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै २.३७ प्रतिशतले बढेको छ भने मिथिला लघुवित्तको १ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.९५ प्रतिशत र स्वाभिमान लघुवित्तको ०.८६ प्रतिशतले घटेको छ।

 

कारोबारका हिसाबले मंगलबार महालक्ष्मी विकास बेंकको सबैभन्दा धेरै ३७ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको ३० करोड ४२ लाख, अपि पावरको २३ करोड ३६ लाख र लुम्बिनी विकास बैंकको १८ करोड २४ लाख नेपाल टेलिकमको १६ करोड ४३ लाख,नेपाल लाइफ इन्स्योरेन्सको १५करोड ५८ लाख बढीको, जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड १७ लाखको, जानकी फाइनान्सको १३ करोड ८८ लाखको र अरुण भ्याली हाइडे पावरको १२ करोड ९९ सय लाख र नबिल बैंकको ११ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन् जसमा अन्य उपसमूह र हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ५ प्रतिशत बढी बढेका छन्।

यस दिन विजय लघुवित्त,एसबीआई बण्ड,लक्ष्मी इक्विटी फण्ड, मिथिला लघुवित्त, प्राइम कमर्सियल बण्ड,स्वाभिमान लघुवित्त वित्तीय संस्था, शिखर इन्स्योरेन्स, आशा चौतारी लघुवित्त र सिद्धार्थ इक्विटी फण्डको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घट्न गयो ।

Share Now

Leave a comment.