Prakash Adhikari November 19, 2021

काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेरशमसेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानूनव्यवसायी र प्रहरीबीच आज पनि सर्वोच्च अदालतमा धकेलाधकेल भएको छ।

नेपाल बार एशोसियसनको संयोजनमा काठमाडौं उपत्यकाका सबै अदालतस्थित बार एकाइका कानुन व्यवसायी भेला भएर सर्वोच्च अदालतको प्रांगणमा विरोध प्रदर्शनको लागि जान लाग्दा कानून व्यवसायी र सुरक्षाको लागि बसेका प्रहरीबीच धकेलाधकेल भएको हो ।

बिहीवार गरिएको पत्रकार सम्मेलनमा सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शनमा समेत अदालतलाई युद्ध मैदानजस्तो बनाइएको भन्दै नेपाल बार एशोसिएसनले मानव अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई त्यहाँ हुने घट्नाको अनुगमन गर्न आह्वान गरिसकेको छ।

बारले शुक्रबारदेखि अदालत परिसरबाट प्रहरी हटाउन गृह मन्त्रालय र सर्वोच्च अदालत प्रशासनको ध्यानाकर्षण पनि गराएको छ।

वारले प्रधानन्यायाधीशलाई राजिनामाको लागि दिएको अल्टिमेटम आजै समाप्त हुँदैछ ।

तर हिजो बसेको फुलकोर्टको बैठकले अदालतमा गोला प्रथा लागू गर्ने निर्णय पारित गर्दै सोसम्बन्धी कार्याविधि पनि पारित गरेको छ । यो निर्णय संगै प्रधानन्यायाधीशको विरुद्धमा लाग्नुभएका न्यायाधीशहरु काममा फर्कनुभएको छ ।

Share Now

Leave a comment.