काठमाडौं, ४ मंसिर । नेकपा एमालेले पार्टीको १०औं महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निम्तो गरेको छ ।
शुक्रबार एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेता राजन भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर महाधिवेशनको उद्घटन सत्रमा सहभागी भइदिन आमन्त्रण गरेको हो ।
जवाफमा प्रधानमन्त्री देउवाले खुशी प्रकट गर्दै महाधिवेशनका लागि शुभकामना दिएको र आफू महाधिवेशनमा सहभागी हुने वचन दिएको संसदीय दलका उपनेता नेम्वाङले जानकारी दिनुभएको छ ।
एमालेको १०औ महाधिवेशनको उद्घाटन शत्र चितवनको नारायणी नदी किनारमा यही मंसिर १० गते हुँदैछ भने बन्द शत्र ११ गतदेखि पर्यटकीय स्थल सौराहामा हुने भएको छ ।


















