Prakash Adhikari November 23, 2021

दुबाई(संयुक्त अरब इमिरेट्स), ७ मसिर । युएईमा जारी आईसीसी महिला टी २० विश्वकप एसिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ ।

आईसीसी एकेडेमी २ मैदानमा भएको खेलमा भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेटको क्षतिमा हासिल गरेको थियो ।

खेलमा इन्दु बर्माले १८, सीता राना मगरले १७ रुविना क्षेत्रीले १० र कविता जोशीले ८ रनको योगदान गरे ।

नेपाली महिला टिमलाई रोक्ने क्रममा भुटानी महिला टिमका टासी चेकीले एक विकेट लिइन ।

यस अघि टस जितेर ब्याटिंग गरेको भुटानले २० ओभरको खेलमा ६ विकेट क्षतिमा ६१ रन बनाएको थियो। भुटानको लागि ओपनर नगावांग छोडेनले १३ तथा सोनाम पाल्डोनले ११ रन, क्याप्टेन याशी चोदेनले ९,छिरिड. जाड.मो र याशी चोदेनले ६।६कर्मा सेम्तेन र डिछिड. वाड.मोले २।२ र पेमा शेल्डनले एक रन बनाए ।

भुटानलाई रोक्ने क्रममा नेपालको बलिंगमा सीता राना मगरले ३ तथा करुना भण्डारीले १ विकेट लिए । नेपालले २ विकेट रन आउटबाट लियो ।

नेपालले प्रतियोगिताको तेश्रो खेल कुवेतसंग नोभेम्बर २५ तारिखमा खेल्ने तालिका छ। खेल ११ ; १५ बजे बिहान सुरु हुनेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टी २० विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेलिरहेको हो।

प्रतियोगितामा नेपालसहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एकएक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृष्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

Share Now

Leave a comment.