Prakash Adhikari November 27, 2021

सानेपा (ललितपुर), ११ मंसिर । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि गठित केन्द्रीय प्रचार विभागलाई पूर्णता दिएको छ ।

पार्टी सचिव प्रकाश शर्माले जारी गर्नुभएको विज्ञप्ति अनुसार केन्द्रीय कार्य समितिको कार्तिक २८ गतेको बैठकले पार्टीको आसन्न चौधौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टीका प्रवक्ता एव सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा “१४ औं महाधिवेशन प्रचार प्रसार समिति” गठन गरेको थियो ।

त्यसमा सदस्यहरु र संस्थागत प्रतिनिधिहरु थपेर आज पूर्णता दिइएको हो ।

समितिमा केन्द्रीय कार्यसमितिका सदस्यहरु जीवन परियार, किरण यादव, किरण गिरी, आमन्त्रित केन्द्रीय सदस्यहरु अभिषेक प्रताप शाह, जनकराज कलौनी र दीलिप राई थपिनु भएको छ ।

पार्टीको महाधिवेशन सम्पन्न गराउन गठित प्रचारप्रसार समितिमा सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरु — सदस्य सबैलाई राखिएको छ । त्यस्तै भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरुलाई पनि विभागको सदस्य राखिएको छ ।

प्रचारप्रसार समितिमा नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरुलाई पनि सदस्य राखिएको छ । त्यस्तै नेपाल प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुलाई पनि सदस्यमा राखिएको छ । नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्षहरु पनि सदस्य राखिएको छ । युनियन केन्द्रीय समितिका सल्लाहकारहरु पनि सदस्य रहनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरुलाई पनि सदस्य राखिएको छ ।

प्रचार प्रसार समितिमा काठमाडौं स्थित जिल्ला सम्पर्क समितिका सभापतिहरुलाई पनि सदस्य राखिएको छ ।

स्वदेशदेखि विदेशमा रहनुभएका पार्टीका भातृसंगठन र जनसम्पर्क समितिका पदाधिकारीहरुलाई समेटेर बनाइएको यो विस्तारित समिति कति सदस्यीय बनेको छ । यसको बैठक तथा निर्णय प्रकृया के कस्तो हुने भन्ने कुरा विज्ञप्तिमा खुलाइएको छैन ।

तर प्रचार प्रसार समितिको सचिवालयका रुपमा प्रचार विभागको उपत्यकास्थित पदाधिकारी र सदस्य एवं प्रेस युनियन केन्द्रीय सचिवालयका साथीहरु रहनुभएको विज्ञप्तिमा उल्लेख छ ।

Share Now

Leave a comment.