Prakash Adhikari December 1, 2021

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङबु शेर्पा निर्वाचित हुनुभएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर शेर्पाले निवर्तमान पार्टी सभापति विनोद बस्नेतलाई पराजित गर्नुभएको हो ।

पहिलो चरणको निर्वाचनमा दुवै उम्मेदवारको खसेको मतको ५० प्रतिशत मत नआएपछि दोस्रो चरणको निर्वाचन मिति तय गरिएको थियो । निर्वाचनमा ८ सय ९८ मत खसेको थियो ।

पहिलो चरणको निर्वाचनमा बस्नेतले ४ सय २८ र शेर्पाले ४ सय १८ मत ल्याएका थिए । त्यसबेला ८ सय ८३ मत खसेको थियो । दोस्रो चरणमा १५ मत बढी ८ सय ९८ मत खसेको थियो ।

मोरङ सभापतिमा लिम्बू विजयी

नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः डिगबहादुर लिम्बू निर्वाचित हुनुभएको छ । शेखर कोइरालाको समर्थन प्राप्त लिम्बूले नेता कृष्णप्रसाद सिटौलाले समर्थन गर्नुभएका दिलीप गच्छदारलाई पराजित गर्नुभएको हो ।

पहिलो चरण चुनावमा सभापतिको टुङ्गो लाग्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणको चुनावमा तेस्रो भएका सिटौला समर्थित यदुकुमार विष्टले गच्छदारलाई सघाउने घोषणा गर्नुभएको थियो । तर परिणाम लिम्बूको पक्षमा आयो ।

मत परिणाम अनुसार लिम्बूले १ हजार ९ सय ६ मत पाउनुभयो भने दिलीप गच्छदारले १ हजार ४ सय २२ मत पाउनुभयो ।

रसुवामा पेम्बाछिरिङ, सबै पदमा सर्वसम्मत

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रसुवा जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । सोमबारदेखि शुरु भएको प्रदेश, प्रतिनिधिसभा र जिल्लाको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

 

कांग्रेस रसुवाको सभापतिमा पेम्बाछिरिङ तामाङ सर्वसम्मत हुनुभएको छ । त्यसैगरी उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा र लक्ष्मण देवकोटा तथा सहसचिवमा पासाङ तितुङ र लक्षिण छिरिङ तितुङ सर्वसम्मत हुनुभएको हो।

वडा अधिवेशनपछि रोकिएको रसुवामा मंगलबार जिल्ला, प्रदेश, र महाधिवेशन प्रतिनिधिहरु निर्विरोध चयन हुुनुभएको हो।

अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २६ जना सर्वसम्मत चयन गरेको छ । सांसद ई. मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मंगले तामाङ, उपेन्द्र लम्साल, केदार प्रसाद देवकोटा (कुमार), राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किबुट्टी तामाङ र सुनितामाया गुरुङ महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ।

त्यस्तै डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सीता तामाङ, शशि अधिकारी, सरला देवकोटा, नुर्बूसाङ्बो घले र अनिल भुषाल महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ ।

त्यसैगरी नेपाली कांग्रेस रसुवा प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा श्यामकुमार गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । सो क्षेत्रमा उपसभापतिमा रिक्चेन तामाङ, राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा, तारानाथ पौडेल र सहसचिवमा राजु तामाङ र विशाल घले सर्वसम्मत हुनुभयो ।

त्यसैगरी कांग्रेस रसुवा प्रदेश सभा क्षेत्र ‘ख’ को सभापतिमा बुचुङ तामाङ सर्वसम्मत चयन हुनुभयो भने उपसभापतिमा लाक्पा कामी तामाङ, सिंगी लामा, सचिवमा निलनाथ आचार्य, खुवाबहादुर तामाङ, सहसचिवमा सुदीप गुरुङ र राजु तामाङ निर्विरोध निर्वाचित हुनुभयो ।

त्यसैगरी प्रदेश सभा क्षेत्र नम्बर ‘क’ को क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा जयराम देवकोटा, तेम्पानुर्पू तामाङ, डिलबहादुर मोक्तान, प्रशुनराज गुरुङ, ओमबहादुर घले, दावा ग्याल्सेन तामाङ, अनिल थिङ तामाङ, अन्जिता तामाङ, अमृता पौडेल, बिबिरानी तामाङ, फुर्पू ग्याम्जो तामाङ, कामी सिदार तामाङ, कुमार ग्याम्दाङ, सानुमाया तितुङ, कर्मो तामाङ, दुर्गानाथ न्यौपाने ‘बलराम’, भोजबहादुर बि.क., गोरमेन नेकोर तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।

प्रदेश सभा क्षेत्र नम्बर ‘ख’ को क्षेत्रीय अधिवेशनले प्रदेश सभा प्रतिनिधिमा ईश्वरलाल श्रेष्ठ, बुद्धिबहादुर ढकाल, सुनिलकुमार पौडेल, सुदर्शन कुमार पौडेल, निर्मल विक्रम गोले, धनबहादुर गुरुङ, अभिनाश तामाङ, मनकला थापा मगर, शेषकुमारी अधिकारी, सोनाम घले, मकरकुमार तामाङ, उदय लामा, विद्यालक्ष्मी श्रेष्ठ, उचिमाया तामाङ, रमेश कुमार न्यौपाने, सुमित्रा पौडेल, साङतेम्पा तामाङ घले र प्रेमबहादुर वि.क.लाई सर्वसम्मतिले प्रतिनिधिमा चयन गरेको छ ।

 

 

Share Now

Leave a comment.