Prakash Adhikari December 1, 2021

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको राजधानीमा जारी एकता महाधिवेशनको उद्रघाटन शत्रमा अध्यक्षका संभावित उम्मेद्वार द्धय कमल थापा र राजेन्द्र लिडदेनबीच दोहोरी चलेको छ ।

उद्घाटन समारोहलाई संबोधन गर्ने क्रममा अध्यक्ष पदमा उम्मेदवारी दिन चाहेका नेता लिङ्देनले थापालाई समयको पदचापलाई बुझेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तपाईँहरू अघि बढ्ने बाटो खोलिदिन आग्रह गर्नुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रका युवा नेताहरुबीच पाका तीन नेताहरुले पार्टीलाई बन्धक बनाएको र अगाडि बढ्ने बाटो अवरुद्ध पारेको आरोप लाग्दै आएको छ ।

यो आरोप ब्यापक हुँदै आएपछि राप्रपाका संस्थापक नेताहरु डा.प्रकाशचन्द लोहनी र पशुपतिसमशेर जबराले यो महाधिवेशनमा आफूहरु अध्यक्षसहित कुनै पनि कार्यकारी पदमा नउठ्ने घोषणा गर्नुभएको छ । तर राप्रपा अध्यक्ष रहनु भएका कमल थापा पुन अध्यक्ष पदमा निर्वाचित भएमा त्यसले पनि पार्टीको स्वभाविक विकासलाई असर गर्ने युवाहरुको भनाई रहदै आएको छ ।

राप्रपा अध्यक्ष थापा भन्दाअगाडि उद्घाटन सत्रलाई सम्बोधन गर्नुभएका नेता लिङ्देनले पछिल्लो समय राप्रपामा आवश्यक गतिविधि हुन नसकेको बताउँदै पार्टी नेतृत्व परिवर्तनमा जोड दिनुभएको थियो ।

आफ्नो दलको एजेन्डा लोकप्रिय भए पनि पार्टी प्रभावकारी रूपमा देखिन नसकेको उहाँले चरम असन्तुष्टि देखाउनुभयो।

“पार्टी एकीकरण घोषणा सभामा मैले भनेको थिए कि तपाईँहरूका निमित्त (पार्टी अध्यक्षहरूलाई) सच्चिने र सच्चाउने अन्तिम मौका हो भनेर। तर यो दुई वर्षको पार्टीको गति हेर्दा, पार्टीको चल्ने शैली हेर्दाखेरि अब यो पार्टी यही ढङ्गले यही कार्यशैलीबाट अगाडी बढ्ने हो भने के हुन्छ सबैलाई थाहा छ”, उहाँले भन्नुभएको थियो।

उद्घाटन सत्रमा थापाको जवाफ

राप्रपा अध्यक्ष थापाले यो पार्टीको अन्तिम एकता महाधिवेशन हुने र यसले पार्टीको वैचारिक कार्यदिशाको निर्धारण गर्ने बताउनुभयो।

त्यसका लागि उहाँले नेतृत्व चयन पनि सर्वसम्मतिका आधारमा तय गर्ने प्रयासका लागि आह्वान गर्नुभएको थियो।

ुुसहमतिबाट हामीले नेतृत्व छनोट गर्न सकेनौँ भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आगामी दिनमा एकताबद्ध ढङ्गबाट अघि बढाउने तपाईँ हामी सबैले प्रतिज्ञा गर्नुपर्दछुु उहाँले भन्नुभयो।

अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहनुभएका नेता लिङ्गदेनतर्फ सङ्केत गर्दै थापाले भन्नुभयो, “कुनै पनि बहानामा हामीले, नयाँ-पुरानो, अग्लोहोचो वा अन्य कुनै पनि बहानामा विभाजनको रेखा कोर्न हुँदैन।”

“२०६३ साल पछि नेपाललाई नयाँ बाटोबाट अघि बढाउने प्रयास गरिएको भए पनि जुन गन्तव्यमा पुग्नका लागि हिन्दु राज्यको पहिचान समाप्त गरेर धर्म निरपेक्ष, राजसंस्थालाई पाखा लगाएर गणतन्त्र अनि एकात्मक राज्य प्रणालीलाई समाप्त गरेर सङ्घीयता कायम गरियो देश अहिले त्यसको ठिक विपरीत आइपुगेको” पनि थापाले टिप्पणी गर्नुभयो।

पुरानो व्यवस्थामा फर्कन खोजेको छैन
त्यस्तो भन्दै गर्दा राप्रपा पुरानो व्यवस्थामा फर्कन भने नखोजेको थापाले बताउनुभयो। ुुराप्रपाले सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र, राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणालीको निर्माण गरौँ भनेको हो,ुुथापाले भन्नुभयो।

राप्रपा अध्यक्ष थापाले आफ्ना राजनीतिक मान्यताहरू स्थापित गर्नका लागि पार्टीले सदन र सडक दुबैलाई प्रयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। दुवै शक्ति प्रयोग गरेर हिन्दु राज्य र राजसंस्था स्थापना गर्नुपर्ने रणनीति पार्टीले लिनुपर्ने उहाँले बताउनुभयो।

“त्यसैले राप्रपाको अहिलेको नारा भनेको राजा आऊ देश बचाउ हैन। हाम्रो नारा, हाम्रो रणनीति भनेको जनता आऊ राजालाई ल्याऊ भन्ने नारा हो”, उहाँले भन्नुभयो।

तीन टुक्रामा विभाजित पार्टीलाई एकता गरी महाधिवेशनसम्म पुर्‍याएको उल्लेख गर्दै थापाले चार वर्ष धैर्य गर्न आग्रह गर्दै सबै मिलेर बलियो पार्टी बनाए पछि आफू युवा पुस्तालाई पार्टी हस्तान्तरण गर्न तयार रहेको बताउनुभयो।

मंसिर १५ गते बुधबार सुरु भएको राप्रपा महाधिवेशन मङ्सिर १७ गतेसम्म चल्नेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ।

राप्रपाको नेतृत्वमा दोहोरिन इच्छुक कमल थापाले पूर्व महामन्त्री राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने विवरणहरू आएका छन्।

राप्रपा र राप्रपा संयुक्तबीच भएको एकता पश्चात् पार्टीको यो पहिलो महाधिवेशन हो।

राप्रपाले महाधिवेशनमा ४ हजार भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको बताइएको छ।

महाधिवेशन प्रतिनिधिले १ सय ४९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछन्।

बाँकी ५० जनालाई अध्यक्षले मनोनयन गर्न पाउने छन्।

काठमाडौंको भृकुटीमण्डपमा भएको उद्घाटन सत्रमा नेपाली काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका आमन्त्रित नेताहरूले सम्बोधन गर्नुभएको थियो।

 

Share Now

Leave a comment.