Prakash Adhikari December 2, 2021

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसको ‘१४ औँ महाधिवेशन स्वदेशी तथा विदेशी अतिथि सत्कार तथा व्यवस्थापन समिति’ले बुधबार पूर्णता पाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत कात्तिक २८ गते सम्पन्न बैठकले १४औँ महाधिवेशन सम्पन्न गर्न सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा सो समिति गठन गरेको थियो ।

 

समितिमा पार्टीका केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, अम्बिका बस्नेत, मिन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डा डिला सङ्ग्रौला सदस्य रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभएको छ ।

 

यसैगरी समितिमा आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे र आनन्द (गोरख) विष्ट तथा सांसद दिव्यमणी राजभण्डारी, संविधान सभा सदस्य राजीवविक्रम शाह, डा प्रभु बुढाथोकी, पूर्वराजदूत डा दिनेश भट्टराई, सुशील नाहटा, दीपक महत, याङ्किला शेर्पा, आङ्छिरिङ शेर्पा र रामशरण थपलिया सदस्य रहेका छन् ।

Share Now

Leave a comment.