Prakash Adhikari December 3, 2021

धनकुटा, १६ मंसिर । नेपाली कांग्रेसको धनकुटा सभापतिमा दिनेश राई विजयी हुनुभएको छ ।

४० वर्षीय राई कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएका राई क्याम्पस सभापति हुँदै तरुण दल धनकुटाका जिल्ला अध्यक्ष र पार्टी जिल्ला कोषाध्यक्षको जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य कमोट फागुलाई ३४ मतको अन्तरले पराजित गर्दै राई ५०४ मतसहित धनकुटा जिल्ला सभापति बन्न सफल हुनुभएको हो ।

धनकुटा कांग्रेसको जिल्ला अधिवेशनले उपसभापतिद्धयमा सुनिल डंगोल, निर्मल ओझा, सचिवद्धयमा विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, सहसचिवद्धयमा गिरिजाप्रसाद दाहाल, रोशन श्रेष्ठलाई निर्वाचित गरेको छ ।

यसैगरी प्रदेश सभा क्षेत्रिय सभापति ‘क’ का जितेन्द्र राई र ‘ख’ का राजन पौडेल विजयी हुनुभएको छ ।

Share Now

Leave a comment.