Prakash Adhikari March 5, 2018

विर्तामोड(झापा), २१ फाल्गुन।झापामा भैरहेको रमपम तेस्रो झापा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा थ्री स्टार क्लबले विभागीय टोली एपीएफलाई शून्यकाविरुद्ध १ गोलले हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएता पनि दोस्रो हाफतर्फ ५७ औं मिनटमा थ्रीस्टारका लागि अजयी मार्टिन्सले एक गरे र
सोही गोल निर्णायक बन्यो । उनले सुनिल बलको क्रस पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

यो जितसँगै थ्रीस्टारले शनिबार मात्र चितवनमा सम्पन्न १३ औं विकास रनिङ शिल्डको फाइनलमा एपिएफसँग भोगेको हारको बदला लिएको छ ।

प्रतियोगिता अन्तरगत मंगलबारको खेल मनाङ मस्र्याङ्दी क्लब र सहारा क्लब, पोखराबीच हुनेछ ।

मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ ।

प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल खेल यहि फागुन २८ गते हुनेछ ।

Share Now

Leave a comment.